काठमाडौं । स्थापनादेखि नै एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकालेर रोचक र वास्तविक जीवनका अनुभवमा रूपान्तरण गर्दै आएको छ । जसले विद्यार्थीमा गणितको डर हटाउँछ । सोही अभियानलाई निरन्तरता दिँदै अनम्याथ टिमले अगस्ट ३ देखि ८ सम्म रूपन्देहीका भैरहवा र बुटवलमा व्यापक पहुँच कार्यक्रम सञ्चालन गरेको थियो, जहाँ २५ भन्दा बढी विद्यालयमा नयाँ गणित शिक्षा कार्यक्रमबारे जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा प्रधानाध्यापक, शैक्षिक संयोजक र शिक्षकहरूसँग भेटघाट गरी नयाँ र व्यावहारिक सिकाइमार्फत् गणितलाई कसरी रोचक र सजिलो बनाउन सकिन्छ भन्नेबारे छलफल भएको बताइएको छ । सो अवसरमा एम्बार्क अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भन्नुभयो, ‘हामीलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ, जसबाट विद्यार्थी नडराऊन् । यस्तो कार्यक्रम र भ्रमणले हामीलाई विद्यालयको विशेष आवश्यकता बुझ्न र तिनीहरूको परिस्थितिअनुसार काम गर्ने समाधान सँगै बनाउन मद्दत गर्छ ।’ कार्यक्रमले रूपन्देहीका विद्यालयमा अनम्याथका अनुभवमूलक सिकाइ कार्यक्रमहरू अनम्याथ जिल्ला योजना, गणितको कथा भन्ने उद्यमशील गणित र म्याथम्युजियमलगागयतका बारेमा जानकारी प्रदान गरेको एम्बार्कले जनाएको छ । लुम्बिनी वल्र्ड स्कुलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भन्नुभयो, ‘गणितलाई व्यावहारिक, रोचक र वास्तविक जीवनसँग जोड्ने यो तरिका हाम्रा विद्यार्थीका लागि एकदमै उपयुक्त छ ।’ अनम्याथ टिमले प्रयोगात्मक कक्षा लिने, इच्छुक स्कुलसँग निरन्तर सम्पर्क गरिरहने र प्रत्येक स्कुलको आवश्यकताअनुसार योजना बनाउने लक्ष्य लिएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…