सर्लाही । सर्लाही प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौटका २५ वर्षीय किसन महरा र बागमती नगरपालिका–४, जिरायतका १८ वर्षीय श्याम महरा रहेका छन् ।
प्रहरीका अनुसार किसन महरासहितका व्यक्तिहरू हातहतियार बोकेर हिँड्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले केही दिनदेखि निगरानी बढाएको थियो । त्यस क्रममा किसन महरालाई भारतको सोनवर्षाबाट बीआर ०६ डिएम ९५२३ नम्बरको मोटरसाइकलमा सर्लाही सदरमुकाम मलङ्गवा आउँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
सो क्रममा सोधपुछ गर्दा उनले बागमती नगरपालिका–१२, बागमती नदी किनारमा लुकाएर राखेको कटुवा पेस्तोलबारे जानकारी दिएका थिए । प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार किसनले उक्त हतियार श्याम महरालाई राख्न दिएको बताएका थिए । त्यसपछि प्रहरीले श्यामलाई समेत घरबाटै नियन्त्रणमा लिएर सोधपुछ गर्दा हतियार देखाएको डिएसपी राईले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरूको पृष्ठभूमीबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






ज्योति बैंकमा नेपालपे कार्ड सेवा
‘कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्’
एथरको मेगा उपहार योजना
‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद