धेरै धेरै वर्षअगाडिको कुरा हो । पढ्न साक्षर बन्नु पर्यो भने या त घरमै गुरु ल्याएर पाल्नुपथ्र्यो । भएन गुरुकै घरमा खर्च बोकेर रासनपानी लिएर जानुपथ्र्यो । यसरी कोही पढेर गाउँमै पण्डित हुन्थे । कोही ज्योतिषी हुन्थे । कोही दुःखजिलो गरेर गोरखपुर, वनारसतिर पनि पढ्न जान्थे । आर्थिक परिस्थितिले नभ्याउने नसक्नेहरू गाउँकै पण्डित गुरुसँग पढेर गाउँमै जीविका गरेर बस्थे । यसैगरी घाटपारि रातमाटे गाउँको एउटा केटो गोपाल नाम गरेको डुँडे गुरुकोमा बसेरै पढ्न भनेर आयो । मान्छे अलि लठेब्रो लठेब्रो र एकोहोरो पाराको थोरै सुस्त मनस्थितिको जस्तो हिँड्दा पनि खोच्याएर हिँड्थ्यो । धेरै वर्ष अरू साथीहरूसँगै ऊ पनि त्यहीँ पढेरै बसिरह्यो । अरूले आफ्नो गुरुले तोकेको पढिसकेर उमेर पनि २२/२४ भइसकेकोले घर फर्कँदै गए ।
गोपाल अलि ढिलै भयो किनकि उस्को स्मरणशक्तिमा पनि कमजोरी थियो । अरू छ महिना बसेर पढेपछि गुरुले भन्नुभयो गोपाल अब तिम्रो पनि पढाइ पूरा भयो घर जाऊ घर गृहस्थीको काम गर । गुरुको कुरा सुनेर हवोस् गुरु भनेर झोला गुन्टा कसेर ऊ घरतिर लाग्यो । बाटोमा जाँदैथ्यो मनमनमै बात मार्यो, मैले गुरुसँग सबै कुरा पाएँ तर मरेको मान्छे बचाउँने ज्ञानमन्त्र त पाइन नि ? अरूले लिए पाए होलान् म त छलिएँ नि । यो त अधुरो अपूरो शिक्षा भएन र ? यस्तो सोच्दासोच्दै बेलुकी घरपुग्यो । घरमा बाआमा, दाजु, गाउँघर सबैले सोधखोज गरे । पढाइ सकियो आएँ तर केही ज्ञानगुनका कुरा छन् । म एक दुई दिनपछि फेरि गुरुकहाँ जान्छु भन्यो । केही दिन गोपाल घरै बस्यो । गोपालका बाआमा पनि खुशी थिए छोरो लठेब्रोले पढेर आएकोमा ।
प्रमुख ऋषिहरूमा सात ऋषि मानिन्छन् । अंगिरा, अत्रि, जमदग्नि, भारद्वाज, कश्यप, गौतम र विश्वामित्र गरी सात ऋषिहरूलाई सप्त ऋषि भनिन्छ । तिनै पूर्खालाई उनैका कृपाले प्राप्त बिघौती पहिलो प्रसाद स्वरूप उनीहरूलाई नै समर्पण गरेर खाने परम्परा हाम्रा पुर्खाहरूले बसालेकाले यसरी अम्रे ब्याउती सातवटा पोका बाँधी पुढो सारेपछि अर्थात् चढाएपछि मात्र हामीले खाने गरेका हौँ ।
एकदिन बिहानै झोलामा केही दिनको रसदपानी राखेर गुरुलाई केही दानदक्षिणा उपहार लिएर फेरि गुरुकहाँ जान हिँड्यो । बाटोमा मनमनै अठोट गर्यो गुरुसँग मान्छे बचाउँने मन्त्रज्ञान चाहिँ लिन्छु लिन्छु । सोच्दै सोच्दै गुरुको घरमा बेलुकी पुग्यो । गुरुकहाँ भैंसी ब्याएकोले गुरु गोठको धन्दामा हुनुहुँदो रहेछ । गुरुलाई दण्डवत् गरेर भन्यो गुरु हजुर बस्नुहोस् । म झोला धन्सारमा बिसाएर आउँछु अनि भनेर गयो । आएर भन्यो यो धन्दा म गर्छु यो सबै धन्दा गोठको भनेर काम थालिहाल्यो । गुरुलाई भन्यो गुरु हजुर हातगोडा धोएर मलाई ऊ त्यतै बसेर बताइदिनुहोस् म सबै गरिहाल्छु । अम्रो झार्यो भैंसीले हत्त न पत्त तानिहाल्यो तल मोलारमा ।
अनि गाग्रीमा पानी ल्याएर राख्यो र धमाधम आरीमा सार्दै भैंसीको जिउमा खन्याएर मिच्यो राम्रोसँग नुहाई धुवाई पखाली ग¥यो । एउटा कपडाले सबैतिर पुछ्यो भैंसी पनि पाडालाई चाट्दै आनन्द मानिरह्यो । औम्रो एउटा दाउरोमा उठाएर परतिर खोल्साका डिलको खिर्राका रुखमा झुण्ड्याएर फक्र्यो । गुरुमासँग भैंसी दुहुने (फाम) गौवा मागेर ल्यायो । भैंसीको पग्रिरहेको कचौडो थुनमा तेल लाएर नरम बनायो । गुरुभाइ ! गुरुको सानो छोरा भीमसेन त्यही आएर हेरिरहेको थियो । उसलाई भन्यो भाइ ! फाममा दूध अड्दैन एउटा आरी ल्याउनू है । गुरुले भने जा बाबु छिटो लिएर आइज । भीमसेन तुरुन्तै गएर आरी लिएर आयो दुहेको जति दूध गोपालले आरीमा खन्यायो । अनि फेरि दुहुन थाल्यो र भन्यो गुरु भैंसी सन्त रहिछ थुन पनि कमलो रैछ भन्दै तेल लाउँदै दुहुँदै गर्यो । तिरिक तिरिकमात्र गरेको देखेपछि गुरुले भन्नुभयो ए गोपाल दूध निथारिस् त ?
निधारे गुरु यी भन्दै तानेर देखायो र भन्यो अब अम्रे दूध पुरा पखालेर तेल लाइदिनुअघि पाडालाई थुन चुस्न लाउनुपर्यो होइन गुरु ? हो हो लाऊ नत्र बिर्सला नि फेरि भनेर आरीको दूध लिएर गए भीमसेनले गौवा समातेको थियो भयो भयो पोख्लास् भनेर गुरुले मै लान्छु भनेर दुवै हातमा गौवा र आरी लिएर घरतिर जानुभयो । गोपालले मिलाई मिलाई फकाई फकाई दूधको थुन पाडाको मुखमा लगी लगी चुसायो । एक छिनपछि पाडाले मजैसँग दूध चुस्यो । आधा दुहेको थुनमा दोहोर्याई दोहोर्याई चुसाएर अम्रे दूध निखारेपछि भैंसीको अगाडि नै किला ठोकेर फलेक ओच्छ्याएर पाडो बाँधिदियो । अनि भैंसीलाई पूरै जिउभरि तेल लाइदियो र चिल्लो बनायो । एउटा निबुवा ल्याएर चिर्यो र भैंसीको फाटेको सुतमा माथिबाट तरर तरर रस राखिदियो ।
एकछिन भैंसी छट्पटायो र पनि उफ्रिएन किनकि यो अमिलोले सुतको घाउ निको बनाउने र सुत बाँध्ने काम गर्छ भन्ने विश्वासमा युगौंदेखि किसानहरूले यसरी अमिलोलाई आयोडिन व्यञ्जनका रूपमा प्रयोग गरिआएका रहेछन् । गोपाल घरतिर गएर अलिकति कँडो लिएर आएर थोरै चिसो पानी राखेर खान दियो । गुरु पनि सँगै आएर भन्नुभयो गोपाल धेरै कँुडो घाँस नदेऊ है फेरि भँडाल्नो फर्काउला नि । दिन्न गुरु मलाई थाहा छ नि तर हाम्रो यो भैंसी त दरो पनि छ त्यस्तो बेथानी छैन नि अघिल्लो बेतमा पनि त मैले र किस्नेले सुत्केरी उतारेको त हो नि गुरु । हो हो आजको ब्याउती खान्छस् कि खान्नस् त नि ? खान्छु गुरु आफैँले त्यस्तो सफा गरेर दुहेको नि किन नखानु । गजबै सफा गर्यौ त नि राम्ररी जानेको रहेछ । घरमा कति छ ? भैंसी दुई-चारवटा !
गुरु घरमा बेंसीमा चारपाँच वटा थारा एउटा राँगो । ए गोठै पो रहिछ त ? दुई-तीनवटा लैना त जैले नि बेच्छन् गुरु हाम्रो त बाले ।
फेरि थलो सफा गरेर सोत्तर ल्याएर ओच्छ्याइदियो । भैंसी पनि थचक्क सोतरमा बस्यो । गुरु बिचरा भैंसी त सोत्तर नहालेको भएर पो नबसकेको रहेछ अहिले त बसिहाल्यो नि । ए गोपाल लौ आऊ सात पोके बाँध अनि ब्याउती खाने होइन ? हजुर हस् गुरु म आएँ । पहिले पर गएर खरसेताको पातसहितको एउटा डाँठ काटेर लिएर घरतिर गयो । लौ बाँध सातपोके भनेर गुरुमाले थालमा ब्याउती ल्याएर राखिदिनुभयो । गोपालले ठोट्ने (खरसेतो) को डाँठ चिर्यो । लोत्का (लोकाता) पनि अर्कोबाट निकाल्यो र पात च्यात्दै खप्याउँदै गरेर सात भाग बनायो र हरेकमा बिघौती राख्दै गयो ।
सात भागमा राखिसकेपछि ठोट्नेको चेपुवामा एउटा मुख यता अर्को मुख उता गरी सातवटै राखिसकेपछि भन्यो गुरु मलाई दुई कुराले गर्दा फर्केर हजुरसँग पढ्न आएँ तर यो सातपोके अर्को नयाँ प्रश्न आयो गुरु यो सात पोके भनेको के हो ? र यो किन र कसका लागि बाँधेको वा दिएको हो हजुरले भनेपछि मात्रै म गोठमा सिउरिन लान्छु भन्यो र थचक्क बस्यो । पहिले लगेर सातपोके सिउरेर आऊ अनि ब्याउती खाँदै म सबै कुरा भनौला । हस् गुरु भन्दै लिएर गयो र सिउरेर आयो ।
गुरुमाले सबैलाई एक-एक कचौरा खुदो राखेको अम्रे ब्याउती ल्याएर दिनुभयो । सबै खान थाले अनि गुरुले भन्नुभयो ल सुन के हो यो सात पोके भनेर सबैलाई भन्न थाल्नुभयो । यो गर्भ रहने ब्याउने वंश बढ्ने यी सबै कुरा ऋषिहरूसँग जोडिएका अर्थात् सारा हामी मानिस ऋषिका सन्तान हौँ । त्यसैले हाम्रो गोत्र कुन हो ? के हो ? भनेर सोधनी भएकै कुन ऋषिका सन्तान हौ भनिएको हो । तीमध्ये प्रमुख ऋषिहरूमा सात ऋषि मानिन्छन् । अंगिरा, अत्रि, जमदग्नि, भारद्वाज, कश्यप, गौतम र विश्वामित्र गरी सात ऋषिहरूलाई सप्त ऋषि भनिन्छ । तिनै पूर्खालाई उनैका कृपाले प्राप्त बिघौती पहिलो प्रसाद स्वरूप उनीहरूलाई नै समर्पण गरेर खाने परम्परा हाम्रा पुर्खाहरूले बसालेकाले यसरी अम्रे ब्याउती सातवटा पोका बाँधी पुढो सारेपछि अर्थात् चढाएपछि मात्र हामीले खाने गरेका हौँ । सप्तऋषिलाई चढाउने भनिरहनुभन्दा सातपोके बान्ने भन्ने भाषाले हामीलाई वास्तविकताबाट टाढा पुर्याएकाले पछिल्ला पुस्ताले बुझ्नै गाह्रो भएको हो । त्यही हो सात पोके सप्तऋषिको भाग । ल गुरु अब सातपोकेको अर्थ मजाले बुझियो ।
गुरु मलाई हजुरले दिन्छु भन्नु भएको मन्त्र ? कुन ? त्यही के त मरेको बचाउने एकान्तमा कुनै बेला दिउँला भन्नुभएको । ए त्यो त हो त नि एकान्त नभई हुँदैहुँदैन अनि जहिले पायो उहिले तेरा खेतलालाई मकै दिए जस्तो होर नाथे । पख अहिले चुप लाग । एकान्त चाहिन्छ । तँ र म मात्रै हुनुपर्छ, चरोमुसोले समेत सुन्नुहुँदैन बुझिस् ।’ हस् गुरु हस् । एकान्त पार्दै सोध्दै भन्दै गयो गुरु लौन मलाई त्यो मन्त्र सुनाइदिनु भनेर सयौं पटक भन्यो तर गुरुले बेला प¥या छैन भन्दाभन्दै समय धेरै गयो । एकदिनको कुरा हो । साँझपख गुरुपूर्णिमाको दिन थियो । गुरु पर एकान्तमा बसेको देखेर लुसुलुसु परतिर छेल पारेर कसैले नदेख्ने गरी गुरुको नजिक गएर भन्यो । ‘गुरु त्यो मन्त्र पाऊँ न ।’
गुरुले हात हल्लाएर भन्नुभयो, ‘धत् उल्लु उता जा ।’ गोपाल तुरुन्तै फर्केर आएर त्यसै दिन साँझबाट मन्तर साधना गर्नथाल्यो । गुरु पछि आए आफ्नै सुरमा लागे । आज भोलि गर्दागर्दै गोपाल फेरि आएको पनि एक वर्ष बित्नै लागेछ । गुरु अब त दशैँ आउन लाग्यो आज्ञा पाए घरतिर जाँदो हुँ भन्यो । गुले भन्नुभयो जान त जाऊ किन नजाने घर जानुपर्छ । हाम्रो ठूलो चाडको बेला हुन्छ भोलि जाऊ । हस् गुरु आज्ञा पाए भोलि बिहानै बाटो लाग्छु । सबै बेलुकी शुकलातिर लागे गोपाल झोला मिलाउन लाग्यो । मिलाई सकेर ऊ पनि सुत्यो । बिहान सखारै उठेर गुरुआमालाई ठोगिदिएर बिदा माग्यो । अरू उठेका छैनन् हुन्छ बाटो हिँड्ने मान्छे जाऊ राम्रोसँग घर शुभ आशिर्वाद छ भनेर बिदा दिइन् ।
गोपाल घर फर्किएको दुई-चार महिनासम्म पनि साधनारत नै रह्यो । के साधना गरेको छ गोपालले भन्ने चासो र हल्ला पछि कतिपयले गोपाललाई एकान्तमा भेटी सोधखोज गर्दा गोपालले मरेको बचाउने साधना हो तर प्रयोग परीक्षण भएको छैन हेरौँ के हुन्छ ? यहि कुराले हुरीको रूप लिएको थाहै भएन । संयोगवस तीन-चार महिनापछि पल्लो गाउँमा रूखमा घाँस झार्न गएको मान्छे एकैचोटि रूखबाट खसेर पानी पनि भन्न नपाई मरेछ । त्यस घरका मान्छेले पनि गोपाल गुरुले मरेको मान्छे बचाउँने ज्ञानगुठी मन्त्रतन्त्र जानेर आएका छन् रे भन्ने खासखुसु हल्ला सुनेकाले एउटा मान्छे सुटुक्क लिन पठाए ।
गुरु र गोपालको चिनजान भयो । गोपालले गुरुलाई गरदक्षिणा दिन चाहे र गुरुले आपूmले दिएको मन्त्र फिर्ता मागे । ‘धत् उल्लु उता जा’ मन्त्रको प्रयोग गरेको गोपााले बताए । गुरुले तिमीलाई कुसमयमा कुठाउँमा मागेकाले पो त्यसो भनेको हुँ त्यो त मन्त्र होइन भने ।
गोपाल गुरु साथ लागी आए किनकि गोपाललाई पनि परीक्षण गर्नु थियो साधना पूरा भए नभएको यो अवसर पनि थियो । शव भएको ठाउँमा पुगेपछि बाहिरबाट नदेखिने गरी कालो कपडाले बेर्न लगाएर केही सामग्री मागी कालो कोराभित्र गोपाल गुरु मन्त्र जप्दै बसे । उनलाई पूर्ण विश्वास छ गुरुले दिएकोमा साधना गर्दा ॐ थपेर ‘ॐ धत् उल्लु उता जा’ यही मन्त्र साधनाको बलले मरेको मान्छे फर्कन्छ, फर्कन्छ पक्कै फर्कन्छ । गोपाल गुरु लागिरहे मन्तरका भरमा र बसमा । झण्डै तीन घण्टापछि गोपाल गुरूले अलिकति कोरा खोलेर सङ्केत गर्नुभयो एकजनालाई तपाईं भित्र पसेर नछोईकन बोलाऊनुहोस् । त्यो मानिसले ए ! कान्छा दाइ ? भनेर बोलाए । आवाजमात्र आयो हँ । ऐयाऽ, ऐयाऽ ।
मौन बसेर हेरिरहेका सुनिरहेका गुरुले भन्नुभयो औषधिमूलो गर्ने बैद्यकहाँ लैजानुस् । घाउ र शारीरिक मर्म हाम्रो मन्त्रले निको पार्ने होइन हाम्रो साधना पूर्णमन्त्रले प्राणमात्र कालबाट फर्काउने हो । त्यसैले बैद्य कहाँ लगी घाउ र पिल्लेको थिचिएको भाँचिएको ठाउँमा औषधि गराउनुहोस् । अँ बोलाइरहेर झिज्याउने काम नगर्नु होला । सोध्नेकुरा बैद्य धन्वन्तरीले नै सोध्नु हुनेछ । म गएँ । राम्रो ख्याल राख्नु होला । गोपाल घरमा पुग्दा नपुग्दै हुरी बतास झैँ गोपाल गुरुले मरेको मान्छे बचाए । प्राण फर्काए भनेर हल्ला पिटियो सबैतिर ।
चार-पाँचजनाको कालले लगेको आत्मा गोपाल गुरुले फर्काउनुभयो भन्ने हल्ला गोपालका गुरुको कानमा समेत पुग्यो । सुरुमा गुरुले पत्याएनन् तर गोपालका गुरुलाई मनमनै चक्कर चल्यो । यो गोपालले प्राण फर्काउने मन्तर कहाँबाट पायो मैले त दिएकै छैन । गुरु घबराउन थाल्नुभयो । धेरै सोचमग्न भएपछि एकातिर आफ्नो प्राण फर्काउन सफल शिष्य भएकाले गुरु प्रफुल्ल छन् अर्कोतिर आफूले गर्न नसकेको नसिकाएको काम चेलोले गरेर देखायो गुरु दोधारमा परे । गुरु पनि बुझ्न र प्राण फर्कांएको हेर्न गोपालकै सरहदतर्फ रूप बदलेर जोगीको भेषमा नचिनिने गरी बाटो लाग्नुभयो ।
संयोगबस एकजनाको मृत्यु भयो । गाउँलेले मृतसञ्जीवनी गुरु गोपाललाई लिएर आए । गोपाल एक्लै कोराभित्र पसेर साधना गर्न थाले । उनका गुरु बगलमा बाघको छाला ओच्छ्याएर सुते । गोपालको मन्त्र गुरुले सबै सुनिरहे । मन्तर साधना गर्दागर्दै मृतकले ऐयाऽ भन्यो । उसलाई घरतिर लिएर गए । गुरु अचम्ममा परे । चेलाले मान्छेको प्राण बोलाएको त्यो मन्त्र उनले दिएकै होइन ।
गुरु र गोपालको चिनजान भयो । गोपालले गुरुलाई गरदक्षिणा दिन चाहे र गुरुले आफूले दिएको मन्त्र फिर्ता मागे । ‘धत् उल्लु उता जा’ मन्त्रको प्रयोग गरेको गोपाले बताए । गुरुले तिमीलाई कुसमयमा कुठाउँमा मागेकाले पो त्यसो भनेको हुँ त्यो त मन्त्र होइन भने । हवोस् गुरु हजुरले दिएको मन्त्र मैले हजुरलाई नै फिर्ता दिएँ, लिनुहोस् । तब गोपाल मन्तरहीन बन्नपुगे । सँगैका दुईजना साथी छक्क परेर हेरिरहे । तिनै दुईजनाले यो कथा अरूलाई भने अरूले अरूलाई हुँदाहुँदै अहिले हामीसम्म आइपुग्यो,‘धत् उल्लु उता जा ।’







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…