भाद्रशुक्ल अष्टमी तिथिका दिन दूर्वाष्टमीव्रत पर्ने गर्दछ । दुबोको प्रादुर्भाव भएको शास्त्रीय मान्यताका आधारमा यसदिन दूर्वाष्टमीव्रत विधिपूर्वक बस्नुपर्ने विधान रहेको छ । यही अवसरमा गौरापर्व पनि मनाउने गरिन्छ । यसका साथै यसदिनबाट महालक्ष्मीको पनि व्रत आरम्भ हुने गर्दछ । यसैले भाद्रशुक्ल अष्टमी तिथिको विशेष महिमा रहेको पाइन्छ ।
दूर्वाष्टमी व्रत
‘दूव्र्वा तद्रूपा गौरी तत्प्रिया अष्टमी दुर्वाष्टमी’ (शब्दकल्पद्रुम) अर्थात् गौरीको प्रिय दुबोको पूजा गर्ने, गौरीको पूजा गर्ने अष्टमीका रूपमा दूर्वाष्टमीलाई लिइएको छ । यसैले यसदिन गौरापूजा पनि गरिन्छ । दूर्र्वाष्टमीव्रत भाद्रशुक्ल पक्षका अष्टमीका दिन पूर्वविद्धा मानिन्छ । पुराणसमुच्चयमा पूर्वविद्धा अष्टमीव्रतका बारेमा यसरी बताइएको छ ः
‘शुक्लाष्टमी तिथिर्या तु मासि भाद्रपदे भवेत् ।
भाद्रशुक्ल अष्टमीका दिन आरम्भ गरी जो स्त्री वा पुरुष महालक्ष्मको व्रत गर्छन्, उनीहरूले सम्पूर्ण धन–धान्य र ऐश्वर्य प्राप्त गर्छन् भन्ने धार्मिक मान्यताका महालक्ष्मीको व्रत बस्ने गरिन्छ । यो व्रत आश्विन कृष्णपक्षको अष्टमीसम्म चल्ने गर्दछ । भाद्रकृष्ष्ण अष्टमीबाट आरम्भ भएर आश्विन कृष्ण अष्टमीमा रात्रि चन्द्रमालाई अघ्र्य प्रदान गरेसँगै यो व्रत समापन हुने गर्दछ ।
दूर्वाष्टमी तु सा ज्ञेया नोत्तरा सा विधीयते ।।’ (पुराणसमुच्च्य, निर्णयसिन्धु, पृ. २६२) अर्थात् यो अष्टमीको व्रत पूर्वविद्धा गर्नुपर्दछ अर्थात् सप्तमीले युक्त अष्टमीका दिन गर्नुपर्दछ । उत्तरविद्धा अर्थात् नवमी युक्त अष्टमीमा गर्नु हुँदैन भनी बताइएको हो । यसका साथै यो व्रत ज्येष्ठा नक्षत्र र मूल नक्षत्र परेका दिनलाई छाडेर गर्नु उत्तम हुन्छ भनी शास्त्रमा बताइएको छ । यो व्रत कन्याराशिमा सूर्य गएपछि र अगस्त्य उदाइसकेपछि भने लिनु हुँदैन निर्णयसिन्धुमा बताइएको छ । यदि त्यस्तो पर्ने परिस्थिति भयो भने अगाडि नै अर्थात् भाद्रकृष्ण अष्टमीमा वा श्रावण शुक्लाष्टमीमा पनि गर्नुपर्ने हुनसक्छ । दूर्वाष्टमीव्रत व्रत स्त्री र पुरुष दुवैले गर्नुहुन्छ । विशेषगरी नारीहरूका निम्तिभने नित्य व्रत मानिएको छ । दूर्वाष्टमीको व्रत पूजाका बारेमा शास्त्रमा यसरी उल्लेख गरिएको छ ;
‘ब्रह्मन् भाद्रपदे मासि शुक्लाष्टम्यामुपोषितः ।
पूजयेच्छङ्करं भक्त्या यो नरः श्रद्धयान्वितः।
स याति परमं स्थानं यत्र देवस्त्रिलोचनः ।।
गणेशं पूजयेद्यस्तु दूर्वया सहितं मुने !
फलानां सकलैर्दिव्यै–र्गन्धपुष्पैर्विलेपनैः ।
दूर्वां पूज्य तथेशानं मुच्यते सर्वपातकैः।।’
(यहाँ गणेशः=गणानाम् ईशः गणेशः=शिवः, अर्थात् गणेश भनेर शिवजीलाई लिइएको छ ।) समुद्र मन्थन गर्ने क्रममा मन्दराचल पर्वत डुब्न लाग्दा भगवान्ले कूर्मावतार लिएर समुद्रमा डुबेको पर्वतलाई आफ्ना पिठिउँमा थामेर रगड्दा पनि मन्दराचल डुब्ने जस्तो भएकाले फेरि भगवान्ले अर्काे विराट् स्वरूप लिएर पर्वतलाई समाउनुभयो । त्यसबेला भगवान्का रौँ झरेर समुद्रका किनारमा तैरिए । समुद्र मन्थन गर्दा अमृत निस्कियो र त्यो अमृत तिनै रौँमाथि राखियो । अमृतको संसर्गले तिनै रौँ भूमिबाट उम्रिएर दुबो बनेर फैलिए । त्यो दिन भाद्रशुक्ल अष्टमीको दिन थियो । यसैले यस दिनलाई दूर्वाष्टमी भनिन्छ भनी भविष्यपुराणमा कथा उल्लेख पाइन्छ ।
दुबोको उत्पत्ति भएको दिन भाद्रशुक्ल अष्टमीका भएकाले यसदिनलाई दूर्वाष्टमी भनिएको हो । यसदिन उपवास बसेर राम्ररी दुबो उम्रिएका भूमिमा गई शिवलिंग स्थपना गरी पहिले दियो, कलश र गणेशको पूजा गरी पाद्यादि सबै उपचारले दुबोको पूजा गर्नुपर्दछ । यसका साथै पाद्य, अघ्र्य आदि उपचारले सेतो दुबो, हरियो दुबो र शमी आदि वस्तुले शिवजीको पनि पूजा आराधना गर्नुपर्दछ । यसरी दुवोको पूजा निम्न मन्त्रले गर्नुपर्दछ :
‘त्वं दूर्वे क्मृतजन्मासि वन्दितासि सुरैरपि ।
सौभाग्यं सन्ततिं देहि सर्वकार्यकरी भव ।।
यथा शाखाप्रशाखाभि–र्विस्तृतासि महीतले ।
तथा विस्तृतसन्तानं देहि त्वमजरामरे ।।’
यस मन्त्रले दुबाको पूजा गर्नुपर्दछ । यसैगरी ‘नमः शम्भवाय च... नमस्ते रुद्रमन्य...’ आदि मन्त्रले शिवजीको पूजा गर्ने विधान पाइन्छन् । विशेषतः छोगडा, नरिवल, बिमिरो, दही अक्षता आदिद्वारा शिवजीलाई अघ्र्य प्रदान गर्नुपर्दछ । यसपछि दुबोलाई र शिवजीलाई पनि प्रणाम गरेर त्यसदिन आगामा नपकाएको र नुन नभएको अलिनु खानेकुरा, फलफूल, दही आदि नैवेद्य अर्पण गर्नुपर्दछ र ब्रह्मणहरूलाई पनि त्यस्तै भोजन गराउनुपर्दछ । आफूले पनि त्यस्तै भोजन गर्नुपर्दछ । यसरी दूर्वाष्टमीको व्रत एवं पूजाको विधान गरिएको पाइन्छ ।
‘अग्निपक्वमश्नीयादन्नं दधि फलं तथा ।
अक्षारलवर्ण ब्रह्मन्नश्नीयान्मधुनान्वितम् ।।’
(भविष्यपुराण, निर्णयसिन्धु, पृ.२६४) व्रतालुले आगोमा नपाकेको अन्न, दही र फल भोजन गर्नुपर्दछ । यसरी नुनरहित भोजन गर्दा महसँग खानुपर्दछ भनी बताइएको छ । यसैगरी गणेशगौरीको पूजा विधानका बारेमा पनि यसरी बताइएको छ ः
‘ब्रह्मन् भाद्रपदे मासि शुक्लाष्टम्यामुपोषितः ।
दूव्र्वां गौरीं गणेशञ्च फलाकारं शिवं यजेत् ।।
फलव्रीह्यादिभिः सव्र्वैः शम्भुं नमः शिवाय च । अनग्निपक्वमश्नीयान्मुच्यते ब्रह्महत्यया ।।’ इति (संवत्सरकौमुदीमा गरुडपुराणको वचन)
फलफूलको रूपमा दुर्वा, गौरी, गणेश र भगवान शिवको पूजा गर्नुपर्छ । म भगवान शिव र भगवान शिवलाई सबै प्रकारका फलफूल र जौले नमस्कार गर्छु भनी प्रार्थना गर्नुपर्दछ । आगोमा नपकाएका वस्तु खानले ब्रह्महत्यजस्ता पाप पनि नष्ट भएर जान्छन् भन्ने फलस्तुति वर्णन पाइन्छ ।
महालक्ष्मी व्रत
यसैगरी भाद्रशुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म महालक्ष्मीको व्रत बस्ने विधान पनि पाइन्छ ।
‘भाद्रपद शुक्लाष्टम्यां यः स्त्री वा पुरुषः स्मरन् ।
महालक्ष्म्याः व्रतं कुर्याद् स सर्वं लभते धनम् ।।’ (भविष्यपुराण)
अर्थात् भाद्र शुक्ल अष्टमीका दिन आरम्भ गरी जो स्त्री वा पुरुष महालक्ष्मको व्रत गर्छन्, उनीहरूले सम्पूर्ण धन–धान्य र ऐश्वर्य प्राप्त गर्छन् भन्ने धार्मिक मान्यताका महालक्ष्मीको व्रत बस्ने गरिन्छ । यो व्रत आश्विन कृष्णपक्षको अष्टमीसम्म चल्ने गर्दछ । भाद्रकृष्ष्ण अष्टमीबाट आरम्भ भएर आश्विन कृष्णअष्टमीमा रात्रि चन्द्रमालाई अघ्र्य प्रदान गरेसँगै यो व्रत समापन हुने गर्दछ । नित्य चोखो रहने, महालक्ष्मीको नामोच्चारणपूर्वक विशेष पूजा आराधना गर्ने, श्रीसूक्त लक्ष्मीसूक्त पाठ गर्ने यसका साथै आद्यशक्ति महालक्ष्मीका व्रत कथा श्रवण पनि यस व्रतअन्तर्गत हुने गर्दछन् ।
भाद्रशुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ । समुद्रमन्थनका समयमा यसै दिन दूर्वा अर्थात् दुबोको प्रकट भएको हो । यसैले यसदिन व्रत रही दूर्वा, गौरी गणेशसहित शिवजीको पूजा गर्नाले अभीष्ट फल प्राप्ति हुने, समग्र पाप नष्ट हुने शास्त्रीय फलवर्णन पाइन्छ ।
भगवती आद्यमातृशक्ति हुन् । सम्पूर्ण देवताको अङ्गङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (बञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।
विशेषतः भगवती लक्ष्मीका आठ रूप रहेका छन् । १) आद्य लक्ष्मीः महालक्ष्मी हुन् । २) धन लक्ष्मीः धन र वैभवबाट परिपूर्ण गर्नेे वाली लक्ष्मी को एक रूप धन लक्ष्मीकोे हो । भगवान विष्णुले पनि एकपटक कुबेरसँग धन उधारो लिनु परको थियो । उक्त समयमा धनलक्ष्मीले नै उक्त ऋणबा मुक्त गराएको कथा पाइन्छ । ३) धान्य लक्ष्मी : अन्नकी देवीलाई धान्यलक्ष्मी भनिन्छ । अन्न अनाजबाट प्राप्त हुने धनकी देवी धान्यदेवी हुन् । ४) गज लक्ष्मी : पशु धनकी देवी गजलक्ष्मी हुन् । गजलक्ष्मीले भगवान् इन्द्रलाई सागरको गहिराइबाट धन झिक्न धनलक्ष्मीले मद्दत गरेको कथा पाइन्छ । ५) सन्तान लक्ष्मी : सन्तनको रक्षागर्ने देवी सन्तान लक्ष्मी हुन् । ६) वीरा लक्ष्मी : युद्धमा शक्ति प्रदान गर्ने देवी वीरा लक्ष्मी हुन् । ७) विजया लक्ष्मी वा जाया लक्ष्मी ; विजयाको अर्थ जित हो । विजया लक्ष्मी जितकी प्रतीक हुन् । जसलाई जाया लक्ष्मी पनि भनिन्छ । ८) विद्या लक्ष्मी : विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला, साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । यसरी आद्यशक्तिका हरेक स्वरूपको पूजा समग्रहमा महालक्ष्मीको पूजा हो ।
भाद्र शुक्लपक्षको अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ । समुद्रमन्थनका समयमा यसै दिन दूर्वा अर्थात् दुबोको प्रकट भएको हो । यसैले यसदिन व्रत रही दूर्वा, गौरी गणेशसहित शिवजीको पूजा गर्नाले अभीष्ट फल प्राप्ति हुने, समग्र पाप नष्ट हुने शास्त्रीय फलवर्णन पाइन्छ । यसैगरी गौरीको पूजा गरी गौरापर्व मनाउने, महालक्ष्मीको व्रत आरम्भ गर्ने दिनका रूपमा पनि यस दिनको महत्व रहेको पाइन्छ । हाम्रा हरेक तिथि कुनै न कुनै पर्वले युक्त छन् । हरेक तिथिका स्वामी देवता छन् र तत् दिन ती देवताको आराधना गर्ने सनातन वैदिक परम्परा रहँदै आएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…