काठमाडौं । माया गर्ने मान्छेले मायालुको लागि जुनसुकै सम्झौता गर्न सक्छ भन्ने उदाहरण अभिनेत्री सुरक्षा पन्तमा पनि प्रष्ट देखिन्छ। चाहे यी तस्बिरमा आधुनिक पहिरनमा देखिएकी सुरक्षालाई हेरौं, वा ‘कोशेढुङ्गा’ फिल्मकी शीतलको त्यागलाई स्मरण गरौं, दुवैमा प्रेमप्रतिको समर्पण समान छ।
बाहिरी आवरण, जीवनशैली र हुर्काइमा रिल (फिल्मी) र रियल (वास्तविक जीवन) की सुरक्षा फरक देखिन सक्छन्। तर मनको कोमलता भने दुबैमा उस्तै छ।
रियल जीवनमा उहाँका श्रीमान् मानव सुबेदी नामले सुरक्षा जति चर्चा पाउनुभएकाे छैन् । त्यस्तै, चलचित्रमा पनि शीतलसँग उहाँका श्रीमानभन्दा आकर्षक विकल्पहरू हुँदाहुँदै उहाँले प्रेमकै चयन गर्नुहुन्छ। अन्ततः आफ्ना पतिकाे जीवनका लागि उहाँले आफ्नै सुख–सुविधा त्यागेर कठिन जीवन रोज्न तयार हुनुहुन्छ ।
यसरी हेर्दा, रिल वा रियल—सुरक्षाको बाहिरी रूप फरक भए पनि भित्री आत्मा भने प्रेममै अडिएको देखिन्छ। उहाँले सधैं प्रेमलाई नै सर्वोच्च स्थानमा राख्नुभएकाे हाे ।

















बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि