रौतहट । रौतहटमा एकै पटक १६ वटा स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ । विगत लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका रौतहटका पालिकाहरुमा सम्भवतः पहिलो पक १६ जना अधिकृतहरुको सरुवा भएको हो ।
जिल्लामा रहेका १८ वटा स्थानिय मध्ये १६ वटा स्थानिय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले पठाएको छ । विगतमा निमित्तको भरमा सञ्चालन हुँदै आएको स्थानिय तहहरुमा वेथिती बढेको जनगुनासो पटक पटक आउने गरेका थियो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरे अनुसार अधिकृतहरु खटाइएको हो । रौतहटको १६ स्थानिय तह मध्ये एक पालिकामा शाखा अधिकृत स्तरको र १५ वटा पालिकामा उसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत खटाईएको छ ।
सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू लागिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेले आफ्नो फेसबुकमा लेख्नुभएको छ । आफू मन्त्री बन्दै गर्दा सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने भनेर गरेको घोषणा कार्यान्वयन गरिएको मन्त्री न्योपानेको भनाइ छ ।
रौतहटको स्थानिय तहहरुमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत उपसचिवहरु दिपक कुमार निरौलालाई परोहा नगरपालिका,पुष्कर रानालाई राजपुर नगरपालिका,गणेश नेपालीलाई कटहरिया नगरपालिका,नारायण पाण्डेयलाई देवाही गोनाही नगरपालिका,महम्मद शेर मुस्तफालाई बृन्दावन नगरपालिका,निलम कुमार न्यौपानेलाई गरुडा नगरपालिका,तिलोचन रिमाललाई राजदेवी नगरपालिका, मातृका आचार्यलाई गौर नगरपालिका पठाइएको छ ।
यस्तै डिल्लीराज श्रेष्ठलाई बौद्धिमाई नगरपालिका,इन्द्रदेव पाण्डेलाई गढीमाई नगरपालिका,शान्ति बि।कलाई गुजरा नगरपालिकामा खटाइएको छ भने शेखर पौडेललाई माधवनारायण नगरपालिका, बिकाउ कुमार यादवलाई मौलापुर नगरपालिका,नवराज अधिकारिलाई फतुवाबिजयापुर नगरपालिका र तुलसी प्रसाद दाहाललाई ईशानाथ नगरपालिकामा मन्त्रालयले कामकाज गर्नको लागि खटाएको छ ।
त्यस्तै अधिकृत सुशिल कुमार साहलाई यमुनाई गाउँपालिकामा कामकाजमा मन्त्रालयले खटाएको छ ।
यसअघि पनि उपसचिव तथा शाखा अधिकृतलाई स्थानिय तहमा मन्त्रालयले पठाए पनि कोहि आउनै न मान्ने ,कसैलाई नगरपालिकाले हाजिर नै न गराउने प्रवृति बढेको थियो । यसपाली मन्त्रालयले एकै पटक रौतहटको स्थानिय तहलाई निमति मुक्त बनाउदै दरबन्दी अनुसारको प्रमुख प्रशासीय अधिकृत पठाएको छ । १६ वटा स्थानिय तह मध्ये कति वटा पालिकाले प्रशासकीय अधिकृतलाई हाजिर गराएर कामकाज गराउछँ र कतिले फिर्ता पठाउँछ स्थानिय स्तरमा चर्चाको विषय समेत बनेको छ ।








निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…