धादिङ । सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
आज बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोड नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको हो । पहिरो गएको ठाउँमा ठुल्ठुला ढुंगा रहेकोले पहिरो पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
उहाँकाअनुसार अहिले राजमार्ग एकतर्फी संचालनमा आएको छ । जेसिवीको प्रयोग गरि दुईतर्फी बाटो खुलाउने प्रयास भइ रहेको जनाएको छ ।
यसैगरि धादिङको धादिङबेसी भर्याङ भुरुङ सडक खण्डअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १४ कार्तिकेटार र जातेखर्काको बीच सडकमा पहिरो जादा सडक अबरुद्ध भएको छ । उक्त पहिरो पन्छाउन निलकण्ठ नगरपालिका समक्ष समन्वय भैरहेको स्थानीय बासिन्दाहरुकाे भनाई छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र