काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। दिउँसो साढे १ बजे बस्ने सचिवालय बैठकपछि आधिकारिक घोषणा गरिने रास्वपाका एक नेताले बताउनुभयाे ।
यस क्षेत्रको उपनिर्वाचनमा कुल ९ जना आकांक्षी छन्—सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री। यिनमध्ये सुलभ खरेललाई प्रमुख दावेदारका रूपमा चर्चामा ल्याइन्छ।
उम्मेदवार चयन प्रक्रियामा रास्वपाले १२ भदौमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्राइमरी इलेक्सन आयोजना गरेको थियो। अनलाइन मतदानमार्फत सबैभन्दा बढी मत ल्याउने व्यक्तिलाई उम्मेदवार बनाइने स्पष्ट गरिएको छ।
यसैबीच, आकांक्षीहरूले आज बिहान पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जाने कार्यक्रम बनाएका छन्। उनीहरूले लामिछानेलाई सामूहिक भेट गर्ने बताइएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि