ढाका । बंगलादेशले जितसँगै एसिया कपको तयारी गरेको छ । सिल्हेटमा पहिलो टी-२० आईमा घरेलु टोली बंगलादेशले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । १३७ रनको लक्ष्य बंगलादेशले १३.३ ओभर अर्थात् ३९ बल बाँकी रहँदै पूरा ग¥यो । जुन पछिल्लो १० वर्षमा घरमै भएको सबैभन्दा ठूलो जित हो ।
यसअघि सन् २०१४ को टी ट्वान्टी विश्वकपमा अफगानिस्तानलाई ४८ बल बाँकी रहँदा हराएको थियो । बंगलादेशको जितमा कप्तान लिटन दास र बलर तास्किन अहमदले सानदार प्रदर्शन गर्नुभयो ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सलाई तास्किनले सुरुमा दबाबमा राख्नुभयो । म्याक्स ओ’डाउड, विक्रमजित सिंह, नोआ क्रोस र काइल क्लाइनलाई आउट गर्दै २८ रन खर्चेर उहाँले चार विकेट लिनुभयो । मुस्ताफिजुर रहमानले ४ ओभरमा १९ मात्र रन दिएर एक विकेट लिनुभयो । सैफ हसनले २ विकेट हात पार्नुभयो । नेदरल्याण्ड्सका तेजा निडामानुरु २६ र एरियन दत्त ८ बलमा १३ रनमा अविजित रहे पनि टोलीले ८ विकेटको नोक्सानीमा १३६ रनमात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउँदा बंगलादेशका कप्तान लिटन दासले २९ बलमा ६ चौका र २ छक्कासहित अविजित ५४ रन बनाउनुभयो । तन्जिद हसन तामिमले २९ रन जोड्नुभयो । अन्त्यतिर सैफ हसनले १९ बलमा ३६ अविजित रन प्रहार गर्दै जित पक्का गर्नुभयो । लिटन र सैफबीच २३ बलमै ४६ रनको अविजित साझेदारी भयो । नेदरल्याण्ड्सका एरियन दत्त र टिम पिंगलले १–१ विकेट लिनुभयो । जितसँगै तीन टी-२० आई सिरिजमा बंगलादेशले १-० ले अग्रता बनाएको छ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच