काठमाडौं । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद् बैठकले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालयबाट गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालत, उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरिएको छ ।
त्यस्तै स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालत, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, सर्वोच्चका उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेस्रालाई रौतहट जिल्ला अदालतको न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरिएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच