काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अनलाइनमार्फत् गर्ने भएको छ । विभागले सञ्चालन गरेको नयाँ अनलाइन प्रणालीको नाम नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स) राखिएको छ । उद्योगी व्यवसायीहरूले उक्त साइटमार्फत् सेवा लिन सक्ने विभागले जनाएको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको अध्यक्षतामा आयोजित अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगी व्यवसायी सहभागी थिए ।
कार्यक्रममा उद्योगीलाई नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम प्रणाली प्रयोग गरी सेवा लिने तरिकासम्बन्धी डेमोन्स्ट्रेसन र जानकारीमूलक भिडियो प्रदर्शन गरिएको थियो भने सहभागीहरूले पनि उक्त प्रणालीद्वारा सेवा छिटो, सहज र पारदर्शी रूपमा प्राप्त हुनेमा विश्वास व्यक्त गरेका थिए । महानिर्देशक कर्णका अनुसार अब अनुमतिपत्र जारी तथा नवीकरणका सम्पूर्ण चरणहरू अनलाइनबाटै पूरा गर्न सकिनेछ । आवेदकले आवश्यक विवरण र कागजातहरू प्रणालीमै अपलोड गर्न सक्ने, आफ्नो आवेदनको स्थिति अनलाइनमै हेर्न सक्ने, इमेलमार्फत् सूचना प्राप्त गर्ने र सबै अभिलेखहरू डिजिटल रूपमा सुरक्षित हुनेछन् । जसले सेवामा पारदर्शिता, जवाफदेहिता र कार्यदक्षता बढाउने अपेक्षा गरिएको छ ।
उद्योगीहरूले देशका जुनसुकै स्थानबाट इन्टरनेटमार्फत् सेवा लिन सक्ने भएकाले कार्यालय धाइरहनुनपर्ने भएकाले समय, श्रम र खर्चमा बचत हुने विभागले जनाएको छ । प्रणालीले उद्योग अनुगमन, निरीक्षण र फाइल ट्रेसिङमा समेत सहयोग पु¥याउने बताइएको छ । उक्त अनलाइन प्रणाली निरन्तर सुधार गर्दै सेवाग्राहीका सुझावअनुसार अझ प्रयोगमैत्री, सरल र प्रभावकारी बनाउने र देशभरिका कार्यालयमा विस्तार गर्ने योजना रहेको पनि महानिर्देशक कर्णले बताउनुभएको छ । उहाँका अनुसार हाल काठमाडौं र हेटौंडाबाट सेवा सञ्चालन भइरहे पनि चाँडै अन्य सबै कार्यालयबाट पनि सेवा सञ्चालनमा आउनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच