दोहा । अहाना गुरुङले कतारको दोहामा भएको ‘भ्वाइस अफ कतार’मा फष्ट रनर-अप र वेष्ट पर्फर्मर को उपाधि जित्नुभएको छ । उहाँले दोहा स्थित सेरेटन ग्राण्ड होटलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा उक्त उपाधि जित्न सफल हुनुभएको हो ।
प्रतियोगितामा भारतीय, इक्वाडोर र कोस्टारिकाका राजदूत, कतारका मन्त्रीहरू तथा अन्तर्राष्ट्रिय भिभिआइपी अतिथिहरूको उपस्थित थियो । करिब चारसयजनाको अडिशनबाट ८० प्रतिभा क्वार्टरफाइनलमा छनोट भएका थिए जसबाट ३० सेमिफाइनल हुँदै अन्ततः १० फाइनलमा पाँच एडल र पाँच जुनियर प्रतिस्पर्धी छनोट भएका थिए ।
प्रतियोगिताको आयोजक रेडियो ओलिभ रहेको थियो भने निर्णायकहरूमा बलिउडकी गायिका मधुश्री र संगीत निर्देशक रवि बादल रहनुभएको थियो ।
कार्यक्रम लाइभ प्रसारण गरिएको थियो । प्रतियोगितामा नेपाली प्रतिभाको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रस्तुति दिनुभएकी अहाना गुरुङले आफ्नो गायन क्षमताको स्पष्ट परिचय दिनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर