ललितपुर । लोकप्रिय लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । इन्दिरा काठे भाकाकी चर्चित गायिका हुनुहुन्छ । क्यान्सर रोगको कारण मंगलबार राति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा उहाँको ५९ वर्षको उमेरमा निधन भएको हो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ सालमा जन्मिनुभएकी उहाँले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका हजारौं गीत गाउनुभएको छ । ‘घुम्तीनिर लेट भयो’, ‘चागुनारायण थान’, ‘आज मलाई ऊनीको पछ्यौरी’लगायत उहाँका दर्जनौं गीत लोकप्रिय छन् । उहाँको बुधबार नै बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।
उहाँको उपचारका लागि तामाङ कलाकार संघ लगायतका संघसंस्थाले आर्थिक संकलन अभियान चलाइरहेका थिए । इन्दिरा हात्तीवनको अपार्टमेन्टमा कान्छी छोरीसहित बस्दै आउनुभएको थियो । उहाँका दुई छोरी छन् भने श्रीमान्को निधन भइसकेको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…