काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा बुधबार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्राडा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एकवटा अटिजम स्कुलको खाँचो औँल्याएको छ । मन्त्रालयले यसलाई दीर्घकालीन परियोजना बनाएर काम गर्ने उहाँको भनाइ थियो ।
उहाँले काठमाडौंको बूढानीलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिनुभयो । बूढालीनकण्ठ-४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री पौडेलले जानकारी गराउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र