काठमाडौं । आजदेखि सिनेमाघरमा चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा माधवराज खरेल निर्देशित ‘चिठ्ठी’ र खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’ले आउने घोषणा गरेको थिए । तर, अन्तिम समयमा आएर बिहीबार चलचित्र ‘चिठ्ठी’को प्रदर्शन स्थगित गरिएको छ र ‘रिमै’ शोलो प्रदर्शनमा आएको छ ।
आजदेखि सिनेमाघरमा चलचित्र ‘रिमै’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा माधवराज खरेल निर्देशित ‘चिठ्ठी’ र खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’ले आउने घोषणा गरेको थिए । तर, अन्तिम समयमा आएर बिहीबार चलचित्र ‘चिठ्ठी’को प्रदर्शन स्थगति गरिएको छ र ‘रिमै’ शोलो प्रदर्शनमा आएको छ ।
काठमाडौंका धेरै मल्टिप्लेक्सले आफूलाई शो नदिएको भन्दै निर्देशक माधवराज खरेलले आफ्नो चलचित्र ‘चिठ्ठी’को प्रदर्शन स्थगित गरेको जनाउनुभयो । अब यो चलिचत्र आगामी मंसिरमा रिलिज गर्ने निर्देशक खरेलले बताउनुभयो ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र ‘चिठ्ठी’मा खड्गबहादुर पुनमगर (खबपु), सञ्जीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुसाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापालगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता सञ्चारकर्मी कमला जोशी हुनुहुन्छ । जीवन पराजुली र राजन खरेलले छायांकन रहेको चलचित्रमा राजेश कुमारको सम्पादन, समिर मियाँको भिएफएक्स र पुष्कर खत्रीको ब्याकग्राउण्ड म्युजिक छ । चलचित्रमा डा.कृष्णहरि बराल र कमला जोशीका गीतमा शिव परियार, बनिषा पौडेल र वसन्त अर्यालले स्वर दिनुभएको छ भने संगीत सरोज कोइरालाको छ । त्यस्तै शिवताण्डव गीतको संयोजन राजेन्द्र बजगाईंले, द्वन्द्व निर्देशन किरण दाहालले तथा ध्वनि सम्पादन र मिक्सिङ क्रमशः मनोज परियार र अमित श्रेष्ठले गर्नुभएको छ ।
आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘रिमै’मा अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा दयाहाङ, रिश्मा र अर्पण थापासहित गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बालकलाकारहरू असिम सुब्बा, प्रेष्टु गुरुङ र प्रश्ना रानामगर लगायतको अभिनय छ । चलचित्रको निर्माणमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सले रोटेपिङ इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रका कार्यकारी निर्माता वीरवल घले रहनुभएको छ भने चलचित्रमा टीका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा रहनुभएको छ ।






सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक