काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुगेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा बिहीबार जारी विज्ञप्तीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको विषयलाई प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकमा संकुचन हुने खतरापूर्ण कदमको रूपमा चित्रित गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा मात्र होइन, नागरिकको सूचनाको हकसमेत प्रभावित हुन्छ भन्ने पक्षप्रति सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गर्दछ।”
महासंघले सामाजिक सञ्जाल नियमनको आवश्यकता स्वीकारे पनि अभिव्यक्ति स्वतन्त्रतामा असर पर्नेगरी नियन्त्रण गर्ने कदम अस्वीकार्य हुने स्पष्ट पारेको छ।
यस्तै, महासंघले सरकारलाई तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण फिर्ता लिन जोडदार माग गरेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम