काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीसँग एकता हुने बताउनुभएको छ । बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको नेकपा एकीकृत समाजवादी र नेकपासँग एकता हुने बताउनुभएको हो । ‘माधव नेपालजीको एकीकृत समाजवादी र विप्लवजीको नेकपासँग पार्टी एकता हुन्छ’, बैठकमा प्रचण्डको ब्रिफिङ उद्धृत गर्दै एक नेताले भने ।
आफ्नो दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउँदै प्रचण्डले छिट्टै एकताले मूर्तरूप लिने बताएको ती नेताको भनाइ थियो । यस्तै, माओवादीले पार्टीभित्र स्वार्थ समूह नरोकिए अुनशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टीभित्र देखिएको स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको जानकरी गराउनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच