काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध कान्तिपुर सिटी कलेज (केसिसी) ले नेपालकै नयाँ शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधिलाई ध्यानमा राखी ब्याचलर अफ टेक्नोलोजी आर्टिफिसियल इन्टेलिजेन्स (बी टेक इन एआई) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
कलेजका अनुसार एआई विशिष्टिकरणमा केन्द्रित स्नातक तहको डिग्री रहेको छ, जसले विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई) सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान र व्यावहारिक दक्षता प्रदान गर्नेछ । कार्यक्रमको उद्देश्यमा नेपालमा बढ्दो डिजिटल अर्थतन्त्रलाई सहयोग पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्ने, विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, यातायात जस्ता क्षेत्रमा एआई आधारित समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्ने, उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने रहेको कलेजको भनाइ छ ।
कलेजका अनुसार नेपालमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि एआई मुख्य आधार हो । स्वास्थ्यमा टेलिमेडिसिन, कृषि क्षेत्रमा स्मार्ट फर्मिङ, वित्त क्षेत्रमा फिन टेक र शिक्षा क्षेत्रमा ई-लर्निङ प्रणालीलाई एआई प्रविधिले सक्षम बनाउनेछ भने युवा विदेश पलायन रोक्दै स्वदेशमै उच्चस्तरीय अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको सामाजिक र आर्थिक समस्यालाई समाधान गर्न विद्यार्थीलाई नवीनतम प्रविधि प्रयोग गर्ने क्षमता दिनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच