बोरामा यदि एक आलु कुहिए दुर्गन्ध गोदाममा
बिक्री हुन्न नछानिए नकिनिए दोकानको भाउमा ।
के साँच्चै गणतन्त्र कूट लुट हो ? सल्लाहको योजना
दाता ऊ जनता अपाच्य नघिचून् भन्दै छ आलो-चना ।।
कविताको यो पद्य कवि रामहरि कोइरालाको हो । उनले आलोचना शीर्षकमा कविताको पहिचानलाई बाहिर ल्याए । उनको यो कविताका यी चार हरफले गणतन्त्रलाई लुटतन्त्रका रूपमा प्रस्तुत गरेको देखिन्छ । के वास्तवमा गणतन्त्र लुटतन्त्र नै भएको हो र ? नेपालका सन्दर्भमा । यो अवस्थाको चित्रणमा देखिएको कविताले उदाहरणका रूपमा आलुलाई लिएको छ । एउटा आलु कुहेमा सबै बोराको आलु नै खराब हुने अवस्था रहेकाले कविले सोही रूपमा गणतन्त्रलाई लिए । आलुलाई कुहिन नदिने वा सबै फाल्ने हो राजनीतिकर्मीको हातमा ।
गणतन्त्रको विकल्प कुनै शासन व्यवस्था हुन सक्दैन तर यो तन्त्रले जुन अवस्था नेपालमा सिर्जना गरेको छ, त्यसले नेपालीलाई पूर्णरूपमा गतिशील हुन दिएको देखिँदैन । सामान्य अवस्थाको गणतन्त्र अब नेपालमा रहेन । गणतन्त्रलाई शिशु गणतन्त्र भन्ने अवस्था पनि देखिएन तर गणतन्त्रको पहिचानले जुन अवस्थामा नेपाललाई पुर्यायो यहीँ नेपालीले विकल्पको खोज गरेका छन् । गणतन्त्रको विकल्प छैन । यो सत्य हो । गणतन्त्रका सारथीले अपनाएको बाटो गलत भयो भन्नेमात्र आधार आजको नेपाली समाजमा देखापरेको पाइन्छ । नेपालमा विकास नभएको पनि होइन । केही क्षेत्रमा उल्लेख्य विकास भएको छ । विकासका पूर्वाधार गतिशील नै बनेका छन् । नेपाली देश सुहाउँदो र भेष सुहाउँदो गणतन्त्रको खोजी भएन भन्ने तर्क नै आजका नेपालीले भोगेको अवस्था हो ।
शासकीय पद्धति मर्यादामा चल्नुपर्ने हो । मर्यादमा चलेन । हरेक क्षेत्रमा अमर्यादित क्रियाकलाप भए । कतै पनि मर्यादा कायम भएन । नेपालको राजनीतिमा सदा एक अर्काप्रतिको अविश्वास कायम नै रहेको देखियो । कसैले कसैमाथि विश्वास जगाउन सकेनन् । एउटा दल अर्को दलप्रति अविश्वासमा बाँधिएको छ ।
स्वीकार गरौँ गल्ती
नेपालको राजनीति २०७२ को संविधानपछि एउटा धारमा बगेको पाइन्छ । यो धार गणतन्त्रको धार हो । यो गणतन्त्रको धारलाई केही वर्षमा नै सत्तोसराप गर्ने जमातको कमी देखिएन । गणतन्त्रको विकास त भयो तर विकासलाई आत्मसात गर्ने नेपालीको अभाव आज देशले झेलिरहेको छ । देशको विकासमा देखापरेका सूचकले नेपालीको पहिचान र त्यसले निर्वाह गर्ने भूमिकालाई सीमित पारेको होइन । गणतन्त्रलाई ल्याउन प्रतिबद्ध भएका दल नै आज सत्तासीन छन् । दलहरूमा देखिएको प्रवृत्तिका कारण आजको राजनीतिमा दलप्रति नै विश्वास कम देखियो । यसमा दल आफैं दोषी होइनन् तर उनका क्रियाकलाप र उनीहरूले अपनाएका मार्ग भने पक्कै दोषी ठहर हुने अवस्थामा आइपुगे ।
संसारका कुनै पनि मुलुकको शासन व्यवस्थामा स्थिति हुनु अनिवार्य हुन्छ तर नेपालको शासकीय स्थितिमा परिवर्तनमात्र भयो । स्थिति बसाल्न नेपालका शासकले सकेनन् । यो अवस्थाको सिर्जनकर्ता नेपाली जनता होइनन् । गणतन्त्रपछि आएका सबै सरकार कुनै न कुनै काण्डमा मुछिए र नेपाली जनताका लागि अलोकप्रिय नै रहे । सरकारले जनतालाई र जनताको हकहितका लागि कुनै कार्य गर्न सकेको देखिएन । विभिन्न प्रकारका भ्रष्टाचारका आरोप नेपालका नेतामा मात्र देखापरेको छ । भ्रष्टलाई समाप्त पार्ने अवसर नेपालका नेतामा देखापरेन । देखियो नेपालीमा देशका नेताप्रति अविश्वास ।
नेपाली शासकीय व्यवस्थामा सुधारको अपेक्षा जनताको थियो तर त्यो हुनसकेन । शासकीय व्यवस्थाका प्रत्येक क्षेत्रलाई पंगु बनाउने काम नेपालका शासकले गरे । शासकीय व्यवस्थामा सुधारभन्दा आफ्नो सुधार कसरी गर्ने भन्ने भावनाले नै नेपालका नेताको पहिचान बन्यो । स्थानीय तहदेखि संघीय तहसम्मका नेताको अवस्था यही नै रह्यो । यही अवस्था रहेमा कसरी नेपाली जनताका काम हुनसक्छन् र ? हामीले सुधार गरेका छौं र नेपालको विकासमा उच्च योगदान दिएका छौं भन्ने भाषणमात्र सुनिन थाले नेपाली जनताका माझमा । विकासका पूर्वाधारमा उल्लेख्य प्रगति भए पनि आयोजनाका धेरैजसो काम अलपत्र नै रहे ।
यस्तो अवस्थामा नेपालको राजनीतिले कसरी गति लिने हो नेता नै जानकार होलान ? स्वच्छता र कलंकरहित भएर राजनीतिलाई अघि बढाउने काम जनताको होइन । नेताको काम हो यो । नेताले गरेका निर्णय र कानुनलाई मान्नु नेपालीको बाध्यता भयो । नेपालको विकासलाई कागजमा मात्र सीमांकन गर्न थालियो । यो अवस्थाको विकासले कहिले गति लिने होला र सबै नेपाली नेपाललाई नै आफ्नो कर्मभूमि मान्ने होलान् भन्ने चिन्ताका रेखाहरू आजका हरेक नेपालीमा देखापरेका छन् ।
शासकीय पद्धति मर्यादामा चल्नुपर्ने हो । मर्यादमा चलेन । हरेक क्षेत्रमा अमर्यादित क्रियाकलाप भए । कतै मर्यादा कायम भएन । नेपालको राजनीतिमा सदा एक अर्काप्रतिको अविश्वास कायम नै रहेको देखियो । कसैले कसैमाथि विश्वास जगाउन सकेनन् । एउटा दल अर्को दलप्रति अविश्वासमा बाँधिएको छ । एउटा नेपाली अर्को नेपालीप्रति अविश्वासको वातावरणमा बाँचेको छ । शिक्षा प्राप्त गर्ने शिक्षार्थी नेपालको शिक्षामा विश्वास गर्न छोडिसक्यो । दश जोड दुई उत्तीर्ण नगर्दै राहदानी बनाउने तरखरमा लागिसक्यो । आमाबुबा छोराछोरीलाई विदेश अध्ययनका लागि पठाउने उद्देश्यले धनको जोहो गर्न थालिसके । मध्यमवर्गीय परिवारको मानिस अरब र कोरियाको लाइनमा बसेको छ ।
नेताहरू देशले काँचुली फेरिसक्यो भनेर भाषण दिन मस्त छन् । कार्यकर्ता नेताले जे भन्यो त्यही पत्याएर बसेको छ मेरो पनि पालो आउँछ भनेर । सच्चिने अवस्थाको सिर्जना नेपालका नेताले गरेनन् । उही कविले भनेजस्तो बोरामा कुहिएको आलु समान् भए । आजको गणतन्त्रमा नेताबाट गल्ती भएको हो । यो गल्तीमा सुधार आवश्यक छ । आवश्यक सुधार व्यवस्थामा होइन । कार्यप्रणाली र चरित्रमा हो । यदि चरित्रलाई सुधार गर्न सकिएन भने नेतामात्र होइन ठूला राजनीतिक पार्टीको हालत पनि कमजोर हुने देखिन्छ । गल्तीलाई सच्चाएर अघि बढ । नभए नेपालको रक्षा नेपाली जनताबाट हुने तथ्यलाई अस्वीकार गर्न सकिँदैन ।
नयाँको हालत पनि उही
संविधानले राजनीतिक दल खोल्ने व्यवस्थालाई नेपालीको अधिकार मानेको छ । स्वतन्त्रताको प्रत्याभूति हामीले पाएका छौं । त्यो स्वतन्त्रता जस्तो सुकै किन नहोस् । नेपाली बोलेको छ । आफ्नो अन्तर्मनको भडास कतै नभए सामाजिक सञ्जालमार्फत निकालेको छ । हामीले राजनीतिमा सुधार गरेका छौं भनेकै छ । हामीले आगामी निर्वाचन चौरासीमा यो गर्नेछौं भनेर जनताको आँखामा छारो हाल्न सफल भएकै छन् राजनीतिक दलका नेता र तिनका कार्यकर्ता तर नेपालीको हित र नेपालको हितमा उनीहरूको चासो देखिएन । अवैध रूपमा अमेरिका बसेका नेपालीलाई अमेरिकाले पठाउन थालेको छ । अन्य मुलुकमा कामदारका रूपमा गएको नेपालीले कहिले पनि देशको अवस्थामा सुधार आउला भन्ने कल्पना गर्न सकेको छैन । समाजमा रूपान्तरण र सामाजिक मर्यादामा विचलन आउन थालिसक्यो । यस अवस्थालाई नेपालका राजनीतिक दलले बुझ्न आवश्यक छ ।
समाजको रूपान्तरणका लागि आएका नेपाली राजनीतिका नयाँ दल पनि उस्तै देखिन थाले । सामाजिक सञ्जालबाट नै उनीहरू र उनका दलका कार्यकर्ताले चुनाव जितिसके । यति विघ्न प्रचार किन ? सत्ताको स्वाद पनि चाखे तर नेपालको राजनीति पुरानो ढर्रामा चलेकाले केही गर्न नसक्ने अभिव्यक्ति उनीहरूको रह्यो ।
शिक्षा, स्वास्थ, यातायात, शिक्षामा गरिने सुधारले देशको भौतिक सम्पन्नता देखिने हो । शिक्षा कमजोर देखियो । स्वास्थ्य पैसा हुनेका लागिमात्र भयो । यातायातलाई हेर्ने हो भने गाउँगाउँ मोटर पुगे । विकासका नाममा देशको प्रकृतिलाई ध्वस्त पारियो । गाउँको मानिस बसाइँ सरेर शहर पस्यो । शहरको मानिस विदेशमा छ । नयाँ भनेका दल पनि पुरानै राजनीति ढर्रामा चल्न थाले । समाजको विकासका आधार गतिशील भए तर नेपाली गतिशील हुनसकेन । आज पनि जीवन चलाउनका लागि विदेशी भूमिमा जानुपर्ने बाध्यताले नेपाललाई पच्छाइरहेको देखियो । यो अवस्थाको जिम्मेवार को ? यो अवस्थाको सर्जक को ? यो अवस्था नेपाली जनतालाई दिने को ? नेपाली जनता त पक्कै होइनन् ?
समाजको रूपान्तरणका लागि आएका नेपाली राजनीतिका नयाँ दल उस्तै देखिन थाले । सामाजिक सञ्जालबाट नै उनीहरू र उनका दलका कार्यकर्ताले चुनाव जितिसके । यति विघ्न प्रचार किन ? सत्ताको स्वाद पनि चाखे तर नेपालको राजनीति पुरानो ढर्रामा चलेकाले केही गर्न नसक्ने अभिव्यक्ति उनीहरूको रह्यो । गणतन्त्रपछि आएका नयाँ दलमा पनि पुरानै मानिस हावी भए । उनीहरू सस्तो लोकप्रियताका लागि राजनीतिमा होमिए । देशको विकास र नेपाली जनजीवनमा सुधार भने देखिएन । किन यस्तो भयो । यसको जवाफ कसले दिने हो । नेपाली युवालाई नेपालमै राख्ने आधार कहाँ छ ? नेपालीलाई शिक्षाका लागि विदेश पलायन हुन नदिने विश्वविद्यालयीय शिक्षा कहाँ छ ?
आटोपीठो खाएर यही भूमिमा बाँच्ने परिस्थितिको सिर्जना कता छ ? यो तथ्यलाई कुनै पनि राजनीतिक दलले बुझ्न सकेन । राजनीतिक दलको सोच नै चुनाव र जित भयो । जनताको भलो हुनसकेन । सामाजिक सञ्जालमा राखिएका भाषण दल तथा नेताप्रति गरिएका अभद्र टिप्पणी गणतन्त्रका खम्बा होइनन् । गणतन्त्रको विकासका लागि अपनाउने आधार कहाँ छन् ? स्वदेशमा नै बसेर जीवन धान्न सकिने व्यवस्था कहाँ छ ? विदेश जान लागेको युवालाई हवाइअड्डामा जान नदिने सुधार कता छ ?
राजनीतिमा सोच बदलौं । एकअर्काप्रति वैरभाव नराखौं । देशको विकासलाई नै मुख्य आधार बनाऔं । नेपाल र नेपालीको हित सर्वोपरि मानौं । नयाँ भन्दैमा सधैं जनताले पताउने होइनन् । जनताले एकपटक विश्वास गरे अब गर्दैनन् । यही बुझेर राजनीति गरियो भने देशको विकास हुन्छ र जनता सुखी हुनेछन् । अन्यथा जनतासित कसैको केही लाग्ने छैन । कुहिएको आलुजस्तै जनताले फाल्नेछन् मतदान प्रक्रियाबाट ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र