रौतहट । नेपाल सरकारका पूर्व मन्त्री तथा नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल कुमार झाले शिक्षा र छोरी सम्मानमै समाजको उज्जवल भविष्य रहेको बताउनु भएको छ ।
मत्सरीमा आयोजित छोरी संरक्षण तथा छात्रवृति कार्यक्रममा उहाँले दिवंगत संविधान सभा सदस्य तथा मधेस प्रदेश सरकारका पूर्व मन्त्री डा.डिम्पल झाको स्मृतिमा घोषणा गरिएको छात्रवृत्ति कार्यक्रम अत्यंत प्रेरणदायी रहेको र डा.झा केवल परिवार वा गाउँकै नेतृ मात्र नभएर मधेस प्रदेश र समाजप्रति समर्पित बताउनुभयो । आफ्नो सक्रिय जीवनकालमा उहाँले महिला अधिकार, शिक्षा र समाज तथा पुर्वाधार विकासका लागि पु¥याएको योगदानलाई सबैले सदैव सम्झिरहने बताउन भयो ।
यस किसिमका अभियानले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न हौसला दिने मात्र होइन, आमाबाबुलाई छोरीलाई समान अवसर दिने सोच बनाउन पनि सहयोग पु¥याउने झाको धारणा रहेको थियो ।
आफ्नो दोस्रो कार्यकालमा निर्वाचित भएर पदभार ग्रहण गर्ने अवसरमा दुर्गाभगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले छोरी संरक्षण कार्यक्रमको घोषणा गरेका अनुसार शिक्षाको विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने किशोरीहरुलाई प्रोत्साहन स्वरुपमा नगद पुरस्कारसहित वडा कार्यालयले सम्मान गर्दै आएको छ ।
आइतबरा मत्सरीमा रहेका दुर्गा मन्दिरको सभाहलमा सम्पन्न छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम पुर्व मन्त्री तथा समाजसेवी दिवंगत नेतृ डा. डिम्पल झाको योगदानलाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१।०८२ मा वडा नं ३ अन्तरगत जन्मिएका छोरीहरुको अभिभावकलाई पुर्व घोषण अनुसार नगद पाँच हजार सहित सम्मान गरिएको वडा अध्यक्ष धमेन्द्र झाले जानकारी दिनु भयो । यस वर्ष ४५ जनालाई जनही नगद पाँच हजार रुपैयाँका दरले प्रोत्साहन स्वरूप प्रदान गरिएको उहाँले बताउनु भयो ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने छोरीहरुलाई प्रमुख अतिथी झाले नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । उच्च शिक्षा हासिल गर्न किशोरीहरुको मनोवल बढाउने उदेश्यले छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको हो । यस वर्ष विविएमा पुर्ण छात्रवृती पाएकी ज्योती श्रापलाई नगद २५ हजार सहित सम्मानपत्र, पहिलो पटक दलित समुदायबाट कक्षा १२ मा ३.४ जिपिए प्राप्त गरेकी निकी रामलाई र स्वास्थ्य वीमा अभिकर्ता अंशु मिश्रलाई जनही १५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको वडा अध्यक्ष झाले जानकारी दिनुभयो ।
नेकपा एसका नेता रेवन्त झाले समाजमा शिक्षा र महिला सशक्तीकरणकै माध्यमबाट सकारात्मक परिवर्तन सम्भव रहेको बताउदै समाजमा अझै छोरी जन्मेपछि उत्सव मनाउने संस्कृति पर्याप्त न रहेको बताउनु भयो । उनले यस्ता कार्यक्रमले छोरीलाई जन्म दिने आमालाई सम्मान र प्रोत्साहन दिएको छ, जुन कार्य साँच्चिकै ऐतिहासिक र अनुकरणीय रहेको जिकिर गर्नु भयो ।
छोरी शिक्षा र संरक्षण नै समृद्ध समाजको आधार रहेको बताउदै दुर्गाभगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले गाउँपालिकाले यस्ता कार्यक्रमलाई वडामा मात्र सिमित न गरेर पालिका स्तरीय गर्नु पर्नेमा जोड दिए । उनले यस्ता कार्यक्रमका लागि पालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोजक एवं वडा अध्यक्ष डी।के। झाले दिवंगत पुर्व मन्त्री डा।डिम्पल झाको योगदानको चर्चा गर्दै “डा।डिम्पल झा हाम्रो समाजको अभिन्न प्रेरणास्रोत रहेको र उहाँकै सम्झनामा हामीले सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिइने बताउदै भविष्यमा अझ व्यापक रुपले काम गर्ने योजना रहेको जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा वडा सदस्य धिरेन्द्र चौधरी,इश्वरवती देवी ,मैथिली ब्राह्मण समाजका कोषाध्यक्ष नवीन झा, समाजसेवी मनोज झा,ई।सुरज मिश्रा लगायत स्थानीय अभिभावक, पत्रकार, विद्यार्थी, भद्रभलाद्मी र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच