काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा अनलाइन टिभी पत्रकार संघले आन्दोलन सुरु गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा विभिन्न नारा लेखिएका प्लेकार्डसहित विरोध प्रदर्शन गरेर गरेको छ । संघले आन्दोलनका कार्यक्रम सुरु गरेको हो ।
‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात, लोकतन्त्र ह्याक हुँदैछ, तानाशाही ब्याक हुँदैछ, सरकारले मुख थुन्दैछ, षड्यन्त्रको जालो बुन्दैछ, जस्ता नारा लेखिएको प्लेकार्ड अनलाइन टिभीकर्मीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष जीवन भण्डारीले सामाजिक सञ्जाल बन्द गर्दा बोल्ने मुखमात्र नभई खाने मुख पनि बन्द भएको बताउनुभएको थियो ।
उहाँले सामाजिक सञ्जालमार्फत पत्रकारिता गरिरहेका हजारौं पत्रकारको रोजगारी खोसेको आम्दानी बन्द भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा दश हजारभन्दा बढी अनलाइन टिभी सञ्चालनमा रहेको अनुमान छ भने अनलाइन टिभी पत्रकार संघमा मात्रै एक हजारभन्दा बढी अनलाइन टिभी आबद्ध छन् । संघका अध्यक्ष भण्डारीले नेपालमा सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउँदा झण्डै एक हजार सञ्चारमाध्यम बन्द हुने अवस्था रहेको समेत जानकारी दिनुभयो ।
सामाजिक सञ्जालहरू बन्द हुँदा हजारौंको रोजगारी खोसिएको, लाखौं प्रत्यक्ष प्रभावित भएको र करोडौं आम्दानी गुमेको उहाँको दाबी थियो । आजदेखि आन्दोलन सुरु गरेको संघले अनलाइन टिभीहरूको कार्यालय बन्द गरेर साँचो प्रदर्शन गर्नेदेखि क्यामेरा डाउन गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरू तय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
‘सरकारले बोल्ने अभिव्यक्ति स्वतन्त्रतामात्र खोसेन, खाने मुख पनि थुन्यो’, भण्डारीले भन्नुभयो ‘सामाजिक सञ्जालको विकृति देखाउँदै सरकारले आफ्नो विकृति ढाकछोप गर्न लागेको छ । सरकारले अदालतको आदेशलाई पनि गलत व्याख्या गरेर अदालतलाई बदनाम गराएको आरोप लगाउँदै उहाँले सामाजिक सञ्जाललाई बन्द गर्न नभई व्यवस्थित गर्न कानुन बनाउन अदालतले आदेश दिएको स्पष्ट पार्नुभयो । उहाँले सामाजिक सञ्जालहरूले देशको कानुन नमानेको आरोप पनि भ्रामक भएको दाबी गर्नुभयो । नेपालमा सामाजिक सञ्जालसम्बन्धी कानुन बन्ने क्रममा रहेकाले कानुन नमानेको भन्न नमिल्ने अध्यक्ष भण्डारीको तर्क थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच