रौतहट । राैतहटमा करेन्ट लागेर वडा अध्यक्षकाे मृत्यु भएको छ । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गगनदेव राय यादवको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ ।
राैतहट प्रहरीकाअनुसार शनिबार साँझ करिब ७:१५ बजे यादव गाउँकै जगदिश राय यादवको खेतमा जाने क्रममा मेन लाइनको तार चुडिएर भुइँमा परेको अवस्थामा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
यादवलाई तत्कालै उपचारका लागि स्थानीय घोराहीमाई अस्पताल कोपवामा लगेकोमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइए पनि चिकित्सकले ८:१५ बजे उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
कर्तव्यजान मुद्दामा २०६८ सालमा राैतहट जिल्ला अदालत गौरबाट सफाइ पाएका मृतक यादव २०७९ सालमा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । तर, त्यही मुद्दासम्बन्धी पुरानो फैसलाको आधारमा उच्च अदालत वीरगञ्जले उनलाई निर्वाचित भएको केही समयमै पदबाट निलम्बन गरेको थियो ।
प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेकाे जनाएको छ ।






सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक