धादिङ । जिल्ला कारागार धादिङमा कैदीबन्दीहरूद्वारा आगजनी गर्दै भाग्ने प्रयास भएपछि सेनाले गोली चलाउँदा एक कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
स्रोतका अनुसार कैदीहरूले कारागारभित्र आगो लगाई भाग्न खोजेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए । स्थिति नियन्त्रणमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल समेत परिचालन गरिएको थियो ।
घटनापछि थप अप्रिय अवस्था रोक्न जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बुधबार ९भदौ २५० दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पाँच जनाभन्दा बढी भेला भई जुलुस, धर्ना, अनशन, घेराउ, सभा तथा प्रदर्शन गर्न रोक लगाउने आदेश जारी गरेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र