काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले अब युवा पुस्तालाई नेतृत्वको जिम्मा दिनुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै ५० वर्षपहिलेका युवाभन्दा अहिलेका युवा बौद्धिक रहेकाले उनीहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । उहाँले समयअनुसार नहिँड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा जेनजी आन्दोलनले प्रष्टसँग देखाएको पनि उल्लेख गर्नुभएको छ । ‘युवाशक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदिए ।
अबको समय संयम भएर संसारभरि छरिएर बसेका नेपालीहरूसमेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनालाई जोगाउने, संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौं,’ उहाँले भन्नुभएको छ ।
कलाकार श्रेष्ठले आन्दोलनमा हत्या भएका युवाहरूको तस्वीर देखेर आफ्नो मन भक्कानिएको बताउँदै मानिसहरू यतिसम्म कठोर हुन सक्छन् भन्ने कुरा आफूले कल्पना पनि गर्न नसकेको बताउनुभएको छ । उहाँले अबोध बालबालिकालाई निर्ममपूर्वक कसरी गोली चलाउन सकेको होला भन्ने कुराले आफूलाई निदाउन गाह्रो भएपछि औषधि खानुपरेको उल्लेख गर्नुभएको छ ।
जेनजीको आन्दोलन सुरु हुनुभन्दा अगाडि पनि उहाँले एक पोस्ट लेख्दै जेनजीहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले लेख्नुभएको थियो, ‘जेनजीको अवाज सुनिनुपर्छ, भ्रष्टचारीहरू थुनिनुपर्छ, नागरिकहरूको चाहना बुझ्ने नेता चुनिनुपर्छ, अन्त्यमा देशको सपना बुनिनुपर्छ ।’







रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी
विपत्तिमा राजनीति होइन, नागरिकको जीवनरक्षा