काठमाडौं । अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै राति शपथ ग्रहण गर्ने हुनु भएको छ । अन्तरिम प्रधानमन्त्रीसँगै अन्य कम्तिमा दुई मन्त्रीको सपथग्रहण हुने भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा राति ८ः४५ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानमन्त्री पदको शपथ गराउने राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिले राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीलाई नियुक्त गर्नुहुन्छ, त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को काम अगाडि बढाउनु हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार दिनभर र रातभर शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा गहन छलफल भएको थियो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच