रौतहट । गत मंगलबारकाे दिन भएको आन्दोलनकाे क्रममा उत्पन्न परिस्थिति सामान्य हुँदै गए पनि राैतहटमा कर्फ्यु र निषेधाज्ञा भने जारी नै रहेकाे छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय राैतहटले शनिबार पनि निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता दिएको छ ।
राैतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले शनिबार सार्वजनिक सूचनामार्फत् आदेश जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू हुने र त्यसपछि शनिबार साँझ ७ बजे देखि आईतवार बिहान ६ बजेसम्म कर्फ्यु कायम रहने जानकारी दिनु भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको आदेशअन्तर्गत कर्फ्यु तथा निषेधाज्ञाको समयमा आवतजावत तथा जमघटमा कडाइ गरिने भएको छ। प्रशासनले सार्वजनिक सूचनामार्फत् पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने र अनुमति प्राप्त व्यक्तिबाहेक अरूलाई सडकमा निस्कन प्रतिबन्ध लगाएको जनाईएको छ ।
सूचनामा उल्लेख भएअनुसार अत्यावश्यक सेवामा पर्ने एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै औषधि, खाद्यान्न, इन्धन, दूध, तरकारी तथा पानी ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले परिचयपत्र देखाई कार्यालयसम्म आउन-जान पाउनेछन् ।
प्रशासनले शान्ति-सुव्यवस्था कायम गर्न सबैलाई कर्फ्यु आदेश पालना गर्न आग्रह गरेको छ । आदेश उल्लंघन गरी अवाञ्छित गतिविधि गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
राैतहटकाे उत्पन्न पछिल्लो अवस्था शुक्रबार देखि सहज हुँदै गएको छ । बजारहरु समय अनुसार केहि पसलहरु खुल्न थालेकाे देखिएको भने सानाे दुरीका सवारी साधन चलेकाे छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच