काठमाडौं । गत भदौ ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘माग्ने राजा’ सोमबार सिनेमा घरहरू सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आएको छ । बक्स अफिसमा सुखद् व्यापार गरिरहेको यो चलचित्र गत भदौ २३ गतेदेखिे जेन-जी प्रदर्शनका कारण प्रदर्शन रोकिएको थियो ।
यसैबीच, यो चलचित्रमा समावेश ‘नो नट अगेन’ (हाम्रो माटो हाम्रो देश) बोलको गीतसमेत सार्वजकि गरिएको छ । यो गीतमा चलचित्रका प्रायःजसो सबै कलाकारलाई स्थान दिइएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र हर्क साउदको शब्द रचना तथा डेविड शंकर, सविन सुवेदी र सम्राट न्यौपानेको स्वर सुन्न सकिन्छ ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको यो चलचित्रले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितिलाई व्यङ्य गरेको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुनुहुन्छ । ‘इच्छा’ रिलिजको लामो समयपछि चलचित्र निर्माणमा फर्कनुभएको छ । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षसमेत हुनुहुन्छ ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरआर फिल्मस्ले वितरण गरेको यो चलचित्रमा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा र बाबुल गिरीको संगीत छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर