काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पछिल्ला दिनमा काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) साहलाई निरन्तर आलोचना गर्दै आउनु भएको छ ।
हर्कले सामाजिक सञ्जालमार्फत लगातार स्टाटसमार्फत प्रहार गरेपछि बालेनले पनि प्रतिक्रिया दिनुभएको छ ।
‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै बालेनले लेख्नुभएको छ, “तिमीले जतिसुकै गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। यो माया एकतर्फी भए पनि साँचो छ।”
हर्कले हिजो सिंहदरबारमा आगो लगाइदिन्छु जलाइदिन्छु भन्ने, साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्री बीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ?? भनेर बालेन लक्षित स्टाटस लेख्नुभएको थियो । यस्तै बालेनले लुकेर गेम खेलेको पनि उहाँको आरोप छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच