रौतहट। गौर कारागारबाट फरार भएका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले तुरुन्तै हाजिर हुन आग्रह गरेको छ। फरार कैदी आफैं सम्पर्कमा नआए कारागार ऐन, २०७९ को दफा ४९ (ग) अनुसार तोकिएको सजायमा ५ वर्षसम्म थप कैद सजाय हुने व्यवस्था रहेको छ।
भदौ २४ गते मंगलवार राति जेन–जी आन्दोलनको अवसरमा गौर कारागारबाट २ सय ६४ जना कैदीबन्दी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कतिपय फरार कैदी सम्पर्कमा आएका छन् भने १ सय ८३ जना अझै फरार छन्। सिंधुली कारागारका एक जना कैदी पनि गौर कारागारमा आएको छ।
गौर कारागारमा हाल २ सय ९१ कैदीबन्दी छन्। भदौ २४ गतेको घटनाअघि २ सय ७ कैदी कारागारमै थिए। फरार घटना पछि कारागारको सुरक्षा नेपाली सेना र नेपाल प्रहरीले संवेदनशील रूपमा व्यहोरेको छ।
सुरक्षा कारणले जिल्ला प्रशासन कार्यालय रौतहटले गौर क्षेत्रमा पूर्वमा नेपाल लज, पश्चिममा गौर घन्टाघर, उत्तरमा कृषि ज्ञान केन्द्र र दक्षिणमा जुद्ध उच्च मावि सम्म निषेधाज्ञा जारी गरेको नायब सुब्बा रामनरेश साहले जानकारी दिनुभयो।
जिल्ला प्रहरीले फरार कैदीहरूलाई कारागार वा नजिकैको प्रहरी कार्यालयमा अविलम्ब सम्पर्कमा आउन सार्वजनिक अनुरोध गरेको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच