काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये नौवटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने नौवटाले स्थिर राखेका छन् । दुईवटा बैंकले ब्याजदर बढाएका छन् । बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशत कायम भएको छ । भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशत कायम भएको छ ।
भदौमा संस्थागततर्फ औसत ब्याजदर ३.९६ प्रतिशत थियो । असोजका लागि सिटिजन्स बैंक, नेपाल बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंकले ब्याजदर घटाएका छन् भने ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) बैंकले यथावत् राखेका छन् । लक्ष्मी सनराइज बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएका छन् ।
सिटिजन्स इन्टरनेसनल बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ तीन प्रतिशत ब्याजदर तोकेको छ । भदौका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० र संस्थागततर्फ तीन प्रतिशत तोकेको थियो । नेपाल बैंकले असोजका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत तोकेको छ । भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५.४ र संस्थागततर्फ अधिकतम ३.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागततर्फ ३.५ प्रतिशत तोकेको छ । भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर तोकेकोे थियो । कृषि विकास बैंकले असोजका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ तीन प्रतिशत ब्याजदर कायम गरेको हो । बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२० र संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर तोकेको थियो ।
त्यस्तै, एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । भदौका लागि व्यक्तिगततर्फ अधिकतम ५.७५ र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको थियो भने एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर छ प्रतिशत र संस्थागततर्फ अधिकतम पाँच प्रतिशत तोकेको छ । बैंकले भदौमा लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो । कुमारी बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत तोकेको छ । बैंकले भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।
त्यस्तै, नेपाल एसबिआई बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ र संस्थागततर्फ ४.१८ प्रतिशत तोकेको छ । भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो भने प्राइम कमर्सियल बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ र संस्थागततर्फ २.७५ प्रतिशत तोकेको छ । भदौका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम छ र संस्थागततर्फ ३.१ प्रतिशत ब्याजदर तोकेको थियो । लक्ष्मी सनराइज बैंकले असोजका लागि व्यक्तिगततर्फको ब्याजदर बढाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ ।
असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागततर्फ चार प्रतिशत ब्याजदर तोकेको छ । बैंकले भदौका लागि व्यक्तिगततर्फ अधिकतम पाँच प्रतिशत ब्याजदर तोकेको थियो भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर बढाएको छ, संस्थागततर्फको यथावत् राखेकोे छ । असोजका व्यक्तिगततर्फ अधिकतम ५.१८ र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । भदौका लागि व्यक्तिगततर्फ अधिकतम ५.१३ प्रतिशत ब्याजदर तोकेको थियो । तर, प्रभु बैंकले भने व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर यथावत् राखेको छ । बैंकले असोजका लागि व्यक्तिगततर्फ अधिकतम ५.३५ र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर तोकेको हो भने राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ र संस्थागततर्फ चार प्रतिशत तोकेको छ ।
ग्लोबल आइएमई बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम छ र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ भने सिद्धार्थ बैंकले असोजका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागतर्फ चार प्रतिशत ब्याजदर तोकेको छ । एनएमबी बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम छ र संस्थागततर्फ पाँच प्रतिशत ब्याजदर तोकेको छ भने हिमालयन बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम छ र संस्थागतर्फ पाँच प्रतिशत ब्याजदर तोकेको छ ।
माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम छ र संस्थागततर्फ चार प्रतिशत तोकेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । नबिल बैंकले असोजका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर तोकेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर