काठमाडौं । यही असोज १३ फूलपातीका दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘बलिदान’को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान बलिदान’ शीर्षकमा सार्वजनिक गीतमा सुजन चापागाईंको स्वर तथा संगीत छ भने शब्द हर्क साउदले लेख्नुभएको हो । गीतलाई लिरिकल शैलीमा सार्वजनिक गरिएको छ ।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई अभिव्यक्त गरिएको छ । आवश्यक परे प्राणसमेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तयार रहेको सन्देशमार्फत नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर गरिएको छ ।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई अभिव्यक्त गरिएको छ । आवश्यक परे प्राणसमेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तयार रहेको सन्देशमार्फत नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर गरिएको छ । गीतको संगीत संयोजन कोविद बज्रले गर्नुभएको छ भने ब्याक-भोकलमा विवेक झा, कृति नेपाली र कोविद बज्र स्वयं सहभागी हुनुहुन्छ । मिक्सिङ र मास्टरिङ कोविदले नै गर्नुभएको छ ।
गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले कलाको माध्यमबाट देशलाई केही दिने सपना तीन वर्षअघि मनमा उम्लिएको स्मरण गर्नुभयो । ‘प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो । आमा र मातृभूमिको लागि युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ भन्ने सोचबाट ‘बलिदान’ जन्मिएको हो’, निर्देशक सेनले भन्नुभयो, ‘आज जेन-जी पुस्ताको रक्तस्नानले देशलाई नयाँ युग दिएको छ र ‘बलिदान’ केवल कल्पना नभई वास्तविकताको प्रतिध्वनि हो ।’
‘आसुसेन फिल्मसु प्रा.लि’को ब्यानरमा बनेको चलचित्रको लेखन दर्शन जीले गर्नुभएको हो । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहनुभएको छ । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल र रितेशजंग पौडेललगायत कलाकारको अभिनय छ । यसअघि सार्वजनिक पोष्टर, प्रि-टिजर र टिजरले चर्चा पाइरहेका बेला ओएसटी गीतले चलचित्रप्रतिको उत्साह अझ बढाएको छ । निर्देशक सेनले केही दिनमै ट्रेलर सार्वजनिक हुने जानकारी दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच