मैले हिजोको लेखमा आन्दोलनका दुई कारण आन्तरिक र बाह्य गरी छुट्याएको छु । तीमध्ये आन्तरिक कारणहरू आर्थिक, राजनीतिक, पेशा व्यवसायगत, नैतिक र नीतिगत भ्रष्टाचारको संक्षिप्त उल्लेखमात्रै गरेको थिएँ । तर पछिल्लो कारण महत्वपूर्ण छ ।
(क) सामाजिक सञ्जालमा अनायास रोक :
दर्ताको विषयलाई लिएर फेसबुकसहित सामाजिक सञ्जाललाई रोक लगाउने सरकारको निर्णय खतरानक खेल सिद्ध भयो । सामाजिक सञ्जाल यतिखेर करिब डेढ करोड नेपालीहरूको जीवनरेखा बनेको छ । सबैका हातमा मोबाइल छन् । लागू पदार्थको व्यसनीजस्तै लत बसेको छ सामाजिक सञ्जालको प्रयोग । युट्युबरहरूको पेशा होस् कि अनलाइन टिभी समाचारका उत्पादक र उपभोक्ता हुन्, विदेश वा स्वदेशमा बसेका आफन्तजनसँग निरन्तर सम्पर्कमा बस्ने हुन्, अनलाइन व्यापार-व्यवसाय गर्ने सबैको काम ठप्प भयो । आफ्ना हातमा मोबाइल भएपछि घरमा सुतेर जसलाई मन लाग्छ त्यसलाई गाली गर्न, आलोचना गर्न, मनको कुरा गर्न, सिर्जनात्मक विचार र रचना राख्न सजिलै सकिन्छ । अझ पठनपाठनसमेत यसैमा हुन थालेको छ । त्यस्तो अवस्थामा सरकारले माध्यममा नै रोक लगाएपछि मानिसहरू वेरोजगार भए र सरकारविरुद्ध गोलबद्ध हुनपुगे । यसमा प्रधानमन्त्री ओलीको अनावश्यक टिप्पणी, सञ्चारमन्त्री गुरुङको मूर्खतापूर्ण हठ र भिड व्यवस्थापनको रणनीति बनाउन असमर्थ गृहमन्त्री लेखकको नालायकीपन पनि हिंसाको आधार बन्यो ।
सम्पूर्ण नेपालीलाई नागरिक स्वतन्त्रता र राष्ट्रियताको जग मजबुत बनाउन निरन्तर, आजीवन संघर्ष गर्ने बीपी कोइरालाको विराटनगरस्थित पुख्र्यौली घर कोइराला निवास, जसलाई पिताजी कृष्णप्रसाद कोइरालाले बनाएका थिए, परिवर्तनका इस्पाती नायक गणेशमान सिंहको घर जसलाई उहाँका पुर्खाहरूले नै चाक्सीबारीमा बनाएका थिए, सन्त नेता भट्टराईका नाममा ललितपुरको बोडेमा निर्मित आश्रम र ऐतिहासिक अभिलेखदेखि पुष्पलालको स्मारकसमेत आगोमा जल्न विवस भएका थिए ।
सामाजिक सञ्जाल बन्द गर्ने भदौ १९ को सूचनालगत्तै मानिसहरूमा व्यापक आक्रोश सुरु भयो । मानिसहरू कुनै न कुनै निहुँको पर्खाइमा थिए । पहिलेदेखि नै युवा उमेर समूहलाई परिचालन गर्न योजना बनाएर बसेकाहरू सक्रिय भए । अन्यथा यसै समयमा जेन-जी समूहलाई भ्रष्टाचारको चिन्ता, प्रत्यक्ष निर्वाचनको सोच, कसरी आउन पुग्यो । यो माग विशुद्ध राजनीतिक हो । सामाजिक सञ्जालको विषय निहुँ सिद्ध भयो । कतिपयले माओवादी अध्यक्ष प्रचण्डका ज्वाईं, जीवन आचार्यको योजनामा जेन-जी परिचालन गर्ने रणनीति निकै पहिलेदेखि बनेको चर्चा गरेका छन् । तर यो प्रमाणित विषय होइन ।
(ख) सुधारको आग्रह र आचारसंहिता :
जेन-जीका सरल, कलिला नानीबाबुहरूले जुलुस प्रदर्शन पहिले केही आचारसंहिता तय गरेको थिए र त्यसमा प्रतिबद्धता प्रकट गरेका थिए । जस्तो : कुनै पनि तोडफोडमा सहभागी नहुने, बोटबिरुवामा क्षति नपु¥याउने, अशिष्ट र अभद्र गाली नगर्ने, ढुंगा नहान्ने, अनुशासित भएर प्रदर्शन गर्ने जस्ता नौदश बुँदे आचारसंहिता जारी गरेका थिए । प्रदर्शन आरम्भ गर्नु पहिले रक्षा बम भन्ने युवतीले महात्मा गान्धीले सत्याग्रअका लागि नर्धारित गरेको जस्तै गरी आचारसंहिता पढेर सुनाएकी थिइन् । जेन-जी समूहका मध्ये एक मिराज ढुंगाना नामका युवाले अघिल्लै दिन आन्दोलनबारे टेलिभिजनमार्फत व्याख्या गरेका थिए । न्यूज २४ मा उनको विचार आएको थियो । उनीसहित अर्जुन पौडेलको सक्रियता थियो । जेन-जीका युवाहरूले स्पष्ट शब्दमा भनेका थिए यो कुनै राजनीतिक आन्दोलन होइन । अहिले दृश्यमा देखिएका सुदन गुरुङ पनि सञ्चारमाध्यमहरूसँग आफू अर्थात् हामी नेपाली सम्बद्ध युवाहरू प्रदर्शन आयोजनामा पानी, औषधि जस्ता स्वयंसेवा गर्न आएको भन्दै थिए । तर १९ जनाको मृत्युलगत्तै मेरा केटाहरू मरिसके भन्दै नेताहरूका घर जल्ने चुनौती दिन थाले ।
अकस्मात् र नाटकीय परिवर्तन यहीबाट देखिन्छ । जेन–जीका युवाहरूको दुईटामात्रै माग थिए : संविधानमा चार वर्षे कार्यकालको संसद् र स्थायी सरकार, आर्थिक भ्रष्टाचार रोक्दै सुशासनको प्रत्याभूति । तर सुदन गुरुङको आक्रामक अभिव्यक्तिलगत्तै काठमाडौंका मेयर बालेन साह नाटकीय रूपमा चर्चामा आउँछन् । आफ्ना पुराना मित्र सुदन गुरुङमार्फत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति, संसद् विघटनको प्रस्ताव बालेनको हुन्छ । त्यसअघि इलामदेखि डडेल्धुरासम्मका अधिकांश सरकारी कार्यालय, नेपाली कांग्रेस र एमालेका पार्टी कार्यालय, केही मात्रामा माओवादी केन्द्रका पार्टी कार्यालय, सिंहदरबारदेखि, संसद् भवन, राष्ट्रपति निवास र कार्यालय हुँदै सर्वोच्च अदालतदेखि मालपोत कार्यालयसम्म, नेपालमा बजार अर्थतन्त्रको शिला राख्ने भाटभटेनी सुपर मार्केटदेखि उद्योगको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका विनोद चौधरीको कारखानासम्म खरानी हुन्छ ।
नेपाली कांग्रेस र एमाले सम्बद्ध नेता र जिम्मेदार कार्यकर्ताहरूको बास खरानी हुन्छ । सम्पूर्ण नेपालीलाई नागरिक स्वतन्त्रता र राष्ट्रियताको जग मजबुत बनाउन निरन्तर, आजीवन संघर्ष गर्ने बीपी कोइरालाको विराटनगरस्थित पुख्र्यौली घर कोइराला निवास, जसलाई पिताजी कृष्णप्रसाद कोइरालाले बनाएका थिए, परिवर्तनका इस्पाती नायक गणेशमान सिंहको घर जसलाई उहाँका पुर्खाहरूले नै चाक्सीबारीमा बनाएका थिए, सन्त नेता भट्टराईका नाममा ललितपुरको बोडेमा निर्मित आश्रम र ऐतिहासिक अभिलेखदेखि पुष्पलालको स्मारक समेत आगोमा जल्न विवस भएका थिए । करिब १४/१५ खर्बको अनुमान भइरहेको छ यो क्षति । जेन-जी समूहका कुनै पनि कलिला अनुहार त्यो आतंक र क्रूरतामा देखिएका थिएनन् । उनीहरू त प्रदर्शनले अर्को घुमाउरो बाटो लिन लागेको अनुभव हुनासाथ प्रदर्शन रोकेर फर्किएका थिए । अपिल नै थियो उनीहरूको । प्रस्तुत विवरण अभिलेख गरिनु आवश्यक छ । अनुसन्धान पछि खुल्दै जानेछ । अहिलेको आधुनिक प्रविधिका कारण अपराधमा संलग्नहरूको अनुहार यत्रतत्र भेट्न र देख्न सकिने भएको हुनाले नेपथ्यमा रहेर निर्देशन गर्नेहरू र अपराधमा प्रवृत्त गर्ने सूत्राधारहरूको तस्वीर सार्वजनिक हुनसक्छ ।
(ग) रोजगारी र राजनीति :
रोजगारीको समस्या उत्कर्षमा छ । गाउँघरका खेतीयोग्य जमिन बाँझै रहे पनि युवाशक्ति वैदेशिक रोजगारीमा आकर्षित छ । राजधानीमा वसेर कोरियन भाषा प्रशिक्षण लिएर पनि काममा जान नपाएका युवायुवती, श्रम स्वीकृतिपत्र लिएका तर निर्धारित स्थानमा जान नपाएका धेरै युवाहरू यतै छन् । यस्तो अवस्थामा रहेका युवापंक्ति आन्दोलनको महत्वपूर्ण आधार हुन पुग्यो । हिंसाका दृश्यचित्रहरू हेर्दा बन्दुक बोकेर युवाहरू कुदेको देखिन्छ । एउटा कार्यालयमा आगो सल्काएपछि अर्कोमा तुरुन्त पुग्ने योजना सार्वजनिक गरिन्छ भिडबाट नै । मोबाइलमा नै नक्सा हेर्दै कुन नेताको घर कहाँ छ, कसरी जान सकिन्छ, सुरक्षा व्यवस्था के छ र कतिजना त्यहाँ पुग्ने भन्ने तय भएको देखिन्छ । जेन-जी समूहका कलिला युवाहरूको सामथ्र्यभन्दा निकै बाहिरको विषय हो यो । यो अत्यन्त चलाक, कम्प्युटरमा बसेर निर्देशन दिनसक्ने मानिसको दिमाग र योग्यताको उपज लाग्छ ।
कुनै पनि नेताले जेन-जीको आयोजनलाई गल तभनेको छैन र समर्थन नै गरेको छ । तर पार्टीका कुनै पनि असन्तुष्ट वा संस्थान पक्षका नेताहरूले हिंसाका पक्षमा सुझाव दिएको छैन भन्नेमा हामी ढुक्क छौं । पुष्पकमल दाहालले विगतमा निकै पटक सिंहदरबार घेर्न जनता आउने भविष्यवाणी गर्नुभएको कुरा राजनीतिक भाषा हो भनेर बुझ्न जसकसैले पनि सक्छ । एकदिन सिंह दरबारमा आगो लगाउने उद्घोष गर्ने मेयर साहको त्यो तत्कालीनको भाषा पनि राजनीतिक नै थियो ।
नेताहरूका अनेक कुकृत्य छन् । उनीहरूको डाँटवाँट रहनसहन आमनागरिकभन्दा फरक छ । नेताका सन्तानहरूको मोजमज्जा रासलीला सर्वत्र देखिन्छ । उनीहरूले गर्ने खर्च राजधानीका महँगा होटल, रेष्ट्रामा मात्रै होयन विदेशका अर्बपतिहरूले उपयोग गर्ने स्थानमा पनि देख्न पाइन्छ । सायद यसैकारण नेपोवेवीको व्यापक प्रभाव पर्न गयो । नेपाली नेताका सन्तानका रासलीलालाई दृश्यचित्रमा प्रस्तुत गर्दै तिनीहरूको भिडियो अडियोसमेत सार्वजनिक भएपछि नेता र उनीहरूका परिवारप्रति व्यापक ईश्र्या र घुणाको पोखरी बन्दै थियो । यो सत्य हो । युवापंक्ति नै यो नेपोवेवी अभियानलाई हातहातमा पुर्याउन सक्रिय थियो । तर त्यो घृणाको अर्थ व्यापक हिंसाको माग थियो ? नेताहरू वा बजार र उद्योग प्रबद्र्धकहरूको श्रीसम्पत्तिको विनाश गर्नेपर्ने माग थियो ? प्राचीन वा राष्ट्रिय परिचयका आधार सम्पदाहरूलाई आगो लगाउने पर्याप्त कारण हुनसक्छ यस्तो ? हिंसा र विध्वंशलाई भन्दा पनि त्यो घृणाको उत्कर्ष कानुनसम्मत परिणमकारी हुनुपर्ने थियो । युवाहरूको भयानक दुरुपयोग भयो र यसले दशकौंसम्म नेपाललाई आहत गरिरहनेछ ।
(घ) आन्दोलनमा ऐक्यबद्धता :
संविधान संशोधन गरी सरकारलाई स्थिरता प्रदान गर्ने र भ्रष्टाचारमुक्त गर्ने कुरामा कसैको पनि बिमति हुँदैन । धेरै वर्ष शासनमा बसेका र त्यस अवधिमा आर्थिक रूपले आश्चर्यजनक प्रगति गरेकाहरू बारे अनुसन्धान होस् र हुनुपर्छ भन्ने जायज माग हो । अस्थिर सरकार हुनासाथ सुशासन हुँदैन भन्नेमा सन्देह छैन । जेन-जीले उठाएको तत्कालीन माग सामाजिक सञ्जाल खुला गर्ने पनि हो । त्यो पनि अत्यन्त जायज थियो । तर यसमा मुख्य रूपमा काठमडौंका मेयर बालेन साह, चर्चित क्रान्तिकारी स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं, राजनीतिमा चमत्कार सिद्ध गर्न खोज्ने रवि लामिछाने खुलेर ऐक्यबद्धता जनाउनेमा देखिए । पुराना सबै दलमा नेतृत्व पीडितहरूको ठूलो संख्या छ । नेपाली कांग्रेसमा देउवासँग असन्तुष्ट प्रतिपक्ष र युवा पुस्ता, जसको नेतृत्व डा.शेखर कोइराला र गगन थापाहरूले गरिरहेका छन् । एमालेमा केपी ओलीविरुद्ध भयानक आक्रोश छ । जसको नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हातमा छ र पार्टीभित्र अनेक अनुहारहरू सक्रियविरोधमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध जनार्दन शर्माहरूको समूह सक्रिय छ ।
असन्तोषको यो शृंखला कतै न कतै जेन-जीका रूपमा अनुदित भएको हुनसक्छ । कुनै पनि नेताले जेन-जीको आयोजनलाई गल तभनेको छैन र समर्थन नै गरेको छ । तर पार्टीका कुनै पनि असन्तुष्ट वा संस्थान पक्षका नेताहरूले हिंसाका पक्षमा सुझाव दिएको छैन भन्नेमा हामी ढुक्क छौं । पुष्पकमल दाहालले विगतमा निकै पटक सिंहदरबार घेर्न जनता आउने भविष्यवाणी गर्नुभएको कुरा राजनीतिक भाषा हो भनेर बुझ्न जसकसैले पनि सक्छ । एकदिन सिंह दरबारमा आगो लगाउने उद्घोष गर्ने मेयर साहको त्यो तत्कालीनको भाषा पनि राजनीतिक नै थियो । यसमा धेरै टाउको दुखाइ रहनु पर्दैन । जेन-जी आन्दोलनमा उपस्थित हुन चाहने प्रसाईं, रवि, बालेनलाई युवाहरूले अस्वीकार गरेर अत्यन्त परिपक्वता देखाएका हुन् । तैपनि सरल युवाहरूको पवित्र उद्देश्यविपरीत हिंसा भयो । उनीहरू हिंसा रोक्न असमर्थ भए वा असफल भए यो नै दुर्भाग्य भएको छ । तर गम्भीर प्रश्न के छ भने आन्दोलनमा हिंसा भड्किएको लगत्तै देशभरबाट कैदीबन्दीहरू जेल तोडेर भागे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले असाध्य उत्साहित भएर सम्भवतः आन्दोलनको आफूलाई नायक सिद्ध गर्ने प्रयास गर्दै जेल तोडेर, नक्कली कागज बनाएर बाहिर आएको दृश्य पनि सबैले देखे । कैदमा नै रहेका पुराना मन्त्री नेता र कर्मचारीसहित अरू बन्दीहरू पनि सामान प्याक गर्दै रविजीप्रति आभार प्रकट गर्दै बाहिरिएको देखियो । दीपक मनाङ्गे नामका कुनै समयमा राजनीतिक हस्तीले भने जेलबाट भाग्ने प्रयास गरेनन् । उनले परिपक्वता देखाए । आन्दोलनको उत्कर्षले यसको कारण, सहयोगी तत्व र परिणामको स्पष्ट चित्र प्रस्तुत गर्दछ । जेन्जी समूहका ती निर्दोष अनुहारलाई दोष दिन सकिँदैन । जेन-जी आन्दोलनको आयामिक परिणम भएको हुनाले यसको थप अन्तर्य र अन्तर्राष्ट्रिय कारण पनि छन् जसलाई खोतल्नु जरुरी छ । क्रमशः







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि