भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा संचालित यू-१४ अन्तरविद्यालय छात्र तथा छात्रा फुटवल प्रतियोगिताको छात्र तर्फको खेलमा युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमीले ट्राइबेकरमा पञ्चकन्या मावि बोखिमलाई पराजित गर्दे बिजेता बनेको छ ।
मंगलवार भएको फाइनल खेलमा दुवै विद्यालयका तर्फबाट निर्धारित समयमा दुई दुई गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा ४-२ गोलले युनाईटेडले पञ्चकन्यालाई जितेको हो ।
सोमवार भएको सेमीफाइनल खेलमा युनाईटेड ३-१ गोलले सगरमाथा बोर्डिङ स्कुललाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । यस्तै दोश्रो खेलमा पञ्चकन्या २-० गोलले सिद्धेश्वर मावि दाँवालाई हराउँदै फाइनलमा पुगेको थियो । बिजेता र उपबिजेता बनेको विद्यालयले क्रमशः नगद २० हजार, १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन ।
यता छात्रा तर्फको फाइनल खेलमा विद्योदय मावि बिजेता बनेको छ भने सगरमाथा बोर्डिङ स्कुल उपबिजेता बनेको छ । विद्योदयले सगरमाथालाई २-१ गोलले पराजित गर्दे बिजयी बनेको थियो । बिजेता तथा उपबिजेताले क्रमशः नगद १० हजार र पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा र भोजपुर जिल्ला फुटबल संघको सहकार्यमा स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पार्की, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा जिल्ला स्तरीय यू-१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता संचालन भएको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।
छात्र तर्फको खेलमा समता स्कुल, जनसेवा आधारभुत विद्यालय, पञ्चकन्या मावि, चण्डेश्वरी मावि, आर्दश ज्ञानकुञ्ज एकेडेमी र सिद्धेश्वर मावि, यशोधरा मावि, भगवती मावि, सगरमाथा बोडिङ स्कुल, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमी, सिद्धकाली बोडिङ स्कुल, विद्योदय मावि र भोजपुर एकेडेमी गरी १३ विद्यालयको सहभागिता रहेको थियो भने छात्रा तर्फ विद्योदय मावि, सगरमाथा बोर्डिङ र सिद्धकाली बोर्डिङ स्कुलको सहभागिता थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच