लण्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड र आर्सनलले विजयी सुरुवात गरेका छन् । आफ्नो पहिलो खेलमा दुवै टोलीले आ-आफ्नो मैदानमा जित हासिल गरेका हुन् । आर्सनलले एथलेटिक क्लबलाई २-० ले पराजित गर्यो भने रियलले १० खेलाडीका बाबजुत मार्सेलीलाई २–१ ले हरायो ।
खेलको २२औँ मिनेटमा तिमोथी वेहले गोल गर्दै मार्सेललाई अग्रता दिलाउनुभएको थियो । तर, १-० ले पछि परेको रियलका लागि किलियन एमबाप्पेले दुईवटै पेनाल्टी गोल गर्दै पुनरागमन जित दिलाउनुभयो ।
२८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो । पहिलो हाफमा त्यसपछि थप गोल भएनन् । दोस्रो हाफको ७२औँ मिनेटमा डानी कार्भाजालले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सीमित भएको थियो । ८१औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत् अर्को गोल गर्दै रियलको २-१ को जित पक्का गर्नुभयो ।
त्यस्तै, अर्को खेलमा आर्सनलले एथलेटिक क्लबमाथि सहज जित हासिल गर्यो । दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदानमा छिरेको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाउनुभयो । उहाँले ७१औँ मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा दोस्रो गोल गर्नुभएको थियो । खेलको ८६औँ मिनेटमा ट्रोसार्डले अग्रता दोब्बर बनाउनुभयो ।
अन्य खेलमा युनियन साइन्ट जिलोइसले पिएसभीलाई ३-१ ले पराजित गरेको छ भने क्वाबगले बेनिफिकालाई ३-२ ले हराएको छ । त्यस्तै, युभेन्ट्स र बौउरुसिया डर्टमुन्डबीचको खेल ४-४ को बराबरीमा सकियो । टोटनह्यामले भिल्लारियललाई १-० ले पराजित गर्यो । एजेन्सी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच