एजेन्सी । अमेरिकी नवप्रतिभा इवा जोविकले डब्लुटिए टेनिसको उपाधि जित्नुभएको छ । यससँगै उहाँले सबैभन्दा कम उमेरमा डब्लुटिए उपाधि जित्ने इतिहास पनि आफ्नो नाममा लेखाउन सफल हुनुभएको छ । १७ वर्ष २८३ दिनको उमेरमा इवाले मेक्सिकोमा आयोजना भएको ग्वाडलहारा ओपनको फाइनलमा कोलम्बियाकी एमिलियाना अरंगोलाई पराजित गर्दै यो इतिहास रच्नुभएको हो । उहाँले यसअघि रसियाकी मीरा एन्ड्रियाले १७ वर्ष २९९ दिनमा बनाएको कीर्तिमान तोड्नुभएको हो ।
इवा डब्लुटिए टुरको उपाधि जित्ने पनि सबैभन्दा कान्छी खेलाडी हुनुहुन्छ । यसअघि सन् २०२१ मा कोको गौफले इटालीको पर्मा ओपनको उपाधि जित्नुभएको थियो । इवाले ग्वाडलहारा ओपनमा प्रवेश गर्दा उहाँको विश्व वरीयता ७३औँ स्थानमा थियो । उपाधि जितेपछि उहाँले विश्व वरीयतामा पनि छलाङ मार्न सफल हुनुभएको छ । पछिल्लो समय उहाँ विश्व वरीयतामा ३६औँ स्थानमा हुनुहुन्छ । उहाँले एक वर्ष नबित्दै यो उपलब्धि हासिल गर्न सफल हुनुभएको हो । सन् २०२५ को सुरुवातमा उहाँको वरीयता २०६औँ थियो ।
ग्वाडलहारा ओपनको नयाँ विजेता इवा अमेरिकी राज्य क्यालिफोर्नियाको टोरेन्स शहरकी हुनुहुन्छ । उहाँकी आमा क्रोएसियाकी हुनुहुन्छ भने बुबा सर्बियाका हुनुहुन्छ । उहाँले सन् २०२२ मा १४ वर्षको उमेरमा लसएन्जलर्स यू-१५ आइटिएफ प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले फाइनलसम्मको यात्रा तय पनि गर्नुभएको थियो ।
सन् २०२३ मा डब्लु-२५ रेटिङमा पहिलो आइटिएफ उपाधि जित्नुअघि सन् २०२२ मा उहाँ जुनियर युएस ओपनको तेस्रो चरणसम्म पुग्नुभएको थियो । गत वर्ष युएस ओपनमा वाइल्ड कार्डमार्फत् प्रवेश पाउनुभएकी उहाँ पोल्याण्डकी म्याग्डा लिनेटलाई हराउँदै दोस्रो चरणसम्मको यात्रा पनि तय गर्नुभएको थियो । यही प्रतियोगितामार्फत् उहाँको ग्राण्डस्लाम यात्रा सुरु भएको थियो । यही वर्षको अष्ट्रेलियन ओपनमा पनि उहाँलाई वाइल्ड कार्डमार्फत् प्रवेश दिइएको थियो । जहाँ उहाँले स्पेनकी नुरिया पेरिजास-डियाजलाई हराउनुभएको थियो । यसै वर्षको विम्बल्डनमा पनि छनोट हुनुभएकी उहाँ नेदरल्याण्डकी सुजान लामेन्ससँग पराजित भएपछि पहिलो चरणबाटै बाहिरिनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच