एजेन्सी । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओसिएचए)का अनुसार गाजा शहरमा हालैका दिनमा भएसँगैको स्थल कारबाहीका कारण करिब ४८ हजार प्यालेस्टिनी नागरिकले दक्षिणतर्फ सरेका छन् । उक्त कार्यालयले जनाए अनुसार, अगस्त महिनाको मध्यदेखि हालसम्म करिब एक लाख ९० हजारभन्दा बढी व्यक्तिले गाजा सहर छोडिसकेका छन् । धेरै विस्थापित अत्यधिक गर्मीका बाबजुद, पैदलै यात्रा गर्न बाध्य छन् । ‘विस्थापित परिवार विशेषगरी महिला र वृद्ध सदस्यको नेतृत्वमा नांगो खुट्टा, घाइते बालबालिका र भारी बोक्दै, घण्टौंसम्म हिँडिरहेका छन् ।’
संयुक्त राष्ट्रका साझेदार संस्थाले करिब एक हजार ५०० भन्दा बढी व्यक्तिलाई, जसमा ९०० भन्दा बढी बालबालिका छन्, मानसिक सहायता, खानेपानी तथा औषधोपचार प्रदान गरिसकेका छन् । स्वास्थ्य सेवा प्रदायक संस्थाका अनुसार गाजाका अस्पताल तथा स्वास्थ्य केन्द्रमा अत्यधिक चाप छ । यसै साता गाजा शहरको अल-कुद्स अस्पताल नजिकैको आक्रमणका कारण अस्पतालमा क्षति पुगेको छ र हाल उक्त स्थानमा विस्थापित आश्रय लिइरहेका छन् । यसबाहेक, संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित ६ स्वास्थ्य केन्द्रमध्ये केवल तीनवटामात्र सञ्चालनमा छन् ।
जिकीम सीमा नाका विगत चार दिनदेखि बन्द रहेको तथा भीड र लुटपाटका कारण इन्धन र औषधिसम्बन्धी आपत्कालीन सेवाहरू अबरुद्ध भएको ओसिएचएले जनाएको छ । सहायता बोकेका सवारी साधन ढिलो हुने, जोखिम सामना गर्नुपर्ने र बाटोमै अड्किने समस्याले सहायता अत्यन्त आवश्यक रहेका व्यक्तिसम्म पुग्न गाह्रो भएको छ । ‘यी सबै चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि, संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारले गाजा क्षेत्रमा अत्यावश्यक सेवा प्रदान गर्न निरन्तर प्रयासरत छन्’, ओसिएचएले उल्लेख गरेको छ । रासस/एएफपी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच