वासिंटन डिसी । हलिउडका प्रसिद्ध अभिनेता रोबर्ट रेडफोर्डको निधन भएको छ । उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो । उहाँकी प्रचारक सिन्डी बर्गरले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘रोबर्ट रेडफोर्डको सेप्टेम्बर १६ मा युटामा रहेको उहाँको सनडान्स निवासमा निधन भएको छ, जहाँ उहाँ मन पराउने मानिसहरूको साथमा हुनुहुन्थ्यो । उहाँको कमी धेरै महसुस हुनेछ । परिवारले यस समयमा गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ ।’
ओस्कर विजेता रेडफोर्डलाई श्रद्धाञ्जलि अर्पण गर्नेहरूमा मेरिल स्ट्रीप र जेन फोन्डाजस्ता चर्चित कलाकारहरू पनि छन् । युटाको सनडान्स फिल्म फेस्टिभलका संस्थापकका रूपमा पनि उहाँ चर्चित हुनुहुन्थ्यो । उहाँले सन् १९८० मा ‘अर्डिनरी पिपल’ चलचित्रका लागि उत्कृष्ट निर्देशकको ओस्कर जित्नुभएको थियो । सन् २०१६ मा ‘अभिनयबाट थाकेको’ बताएपछि उहाँले सन् २०१८ मा अभिनयबाट सन्न्यास लिनुभएको थियो ।
‘आउट अफ अफ्रिका’मा उहाँसँगै अभिनय गर्नुभएकी हलिउड अभिनेत्री मेरिल स्ट्रीपले श्रद्धाञ्जलि अर्पण गर्दै भन्नुभएको छ, ‘एक महान् व्यक्तित्वले संसार छोडे । मेरो प्रिय साथी, तपाईंको आत्माले शान्ति पाओस् ।’ जेन फोन्डा, जसले रेडफोर्डसँग ‘बियरफुट इन द पार्क’ (१९६७) जस्ता चलचित्रमा काम गर्नुभएको थियो, उहाँले रेडफोर्डलाई ‘हरेक हिसाबले एक सुन्दर व्यक्ति’ भन्नुभयो । निर्देशक रोन हावर्डले एक्समा लेख्दै रेडफोर्डलाई ‘अत्यन्त प्रभावशाली सांस्कृतिक व्यक्तित्व’ र ‘कलात्मक परिवर्तनकर्ता’ को रूपमा वर्णन गर्नुभएको छ ।
रेडफोर्डको चलचित्र क्षेत्रमा सबैभन्दा ठूलो योगदान सनडान्स फिल्म फेस्टिभल मानिन्छ, जसले सन् १९८० को दशकको अन्त्य र ९० को दशकको सुरुमा स्वतन्त्र फिल्म निर्माणलाई प्रोत्साहन दिई उहाँको करियरलाई नयाँ उचाइमा पुर्याउन मद्दत गरेको थियो ।
सनडान्समा प्रिमियर भएर पछि ठूलो सफलता पाएका चलचित्रहरूमा ‘फोर वेडिङ्स एण्ड अ फ्युनरल’, ‘प्रिसियस’, ‘म्यानचेस्टर बाई द सी’, ‘लिटिल मिस सनसाइन’, ‘द ब्लेयर विच प्रोजेक्ट’ र ‘गेट आउट’ जस्ता चलचित्र छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच