खोटाङ । खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको तथ्य बाहिरिएको छ। सोमबार साँझ सहकारीमा काम सकेर घरतर्फ फर्किँदै गरेकी उहाँलाई बाटोमै नियन्त्रणमा लिएर आपराधिक समूहले कुटपिट गर्दै बलात्कार गरेको प्रहरीले जनाएको छ। त्यसपछि उहाँको हत्या गरिएको पुष्टी भएको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न मध्ये एक अभियुक्तलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा छिमेकी दीपक सार्की रहेका छन्। उनले प्रहरीसमक्ष बयान दिँदै घटनामा संलग्न अन्य साथीहरूको नामसमेत खुलाएका छन्। बाँकीलाई पक्राउ गर्न थप प्रहरी टोली परिचालन गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
रेस्मिकाको शव मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरिएको थियो। त्यसपछि बुधबार इटहरीको बुढिखोलामा अन्त्येष्टि सम्पन्न गरिएको हो।
प्रहरीले घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी कारबाहीमा ल्याउने प्रतिबद्धता जनाएको छ। डीएसपी बुढाथोकीले अपराधी नियन्त्रणमा नआएसम्म खोटाङ क्षेत्रमा विशेष अपरेशन जारी रहने चेतावनीसमेत दिएका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…