काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही हुनुपर्ने बताउनुभएको छ ।
जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको चाक्सीबारीस्थित निजी निवासको अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले यस्तो माग गर्नुभएको हो । उहाँले गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तित्वहरुले राजनीतिक मन्दिरको रुपमा लिने गरे पनि अहिले आगजनी र तोडफोड गरी नष्ट पारिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले जेन जीले इतिहास मेटाउन आन्दोलन नगरेको तर जेन जीको आवरणमा अराधिक मनशाय बोकेका व्यक्तिहरुले यस्तो क्रियाकलाप गरेको आरोव लगाउनु भयो । उहाँले ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भुमिकालाई अब अहिले जलाइएकोप्रति दुःख व्यक्त गर्नुभयो । किसुनजीको आश्रम, विराटनगरस्थित कोईराला निवासलगायत काँग्रेसका पुराना इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको बताउनु भयो ।
आफूहरु विधिको शासनको लागि लडिरहेको भन्दै उहाँले विधिको शासन स्थापित गर्न विधिअनुसार आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्ने बताउनु भयो । आन्दोलनको काममा सहादत प्राप्त गर्नेहरुमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्न जरुरी रहेको बताउँदै शुन्यतामा कसैले पनि केही गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘धेरैले गणेशमानजीको घर भएकाले यसलाई राजनीतिक मन्दिरको रुपमा लिने गर्नुहुन्छ । मलाई पनि धेरैले भन्नुभएको छ । कतैबाट काम नभएपछि बुबा आमको जस्तो गरी आउने ठाउँ यही हो । अहिले पनि अरु ठाउँमा जान्छ जान्छ, अन्तिममा केही नभएपछि आउने ठाउँ यहि हो । जेन जीले इतिहास मेटाउनुपर्छ भनेर गरेको होइन । तर घुसपैठ भयो । २०४६ को जनआन्दोलन शुरु गर्ने ठाउँ यही हो । ०४६ को परिवर्तन ल्याउनमा चाक्सीबारीले खेलेको भुमिकालाई अब अहिलेको मुभमेण्टको समयमा जलाइएको छ । नेपाली काँग्रेसका इमान्दार नेताहरुलाई सम्मान गर्ने ठाउँ हो । काँग्रेसका इमान्दार नेताहरु बस्ने घरहरु जलाइएको छ । के गर्न खोजेको भन्ने स्पष्ट छ । हामी विधिको शासनका लागि लढेका हौँ । विधिअनुसार आगजनी र तोडफोडको छानविन हुनुपर्छ । क्षति धेरै भएको छ । स्वच्छ किसिमका मान्छेहरुलाई हतोत्साही गर्न हातपात गर्ने र घर जलाउने काम गरिएको छ । बस्ने ठाउँ नभएपनि दुःख होला । तर यसको राम्रोसँग छानविन होस् । आन्दोलनको काममा सहादत प्राप्त गर्नेहरुमा श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा समवेदना प्रकट गर्दछु । दलहरुलाई मिनिमाइज गर्ने दुष्प्रयास गरिएको छ । यो डेमोक्रेसीमा दलहरुको भुमिका महत्वपूर्ण हुन्छ । समयको माग बमोजिम दलहरु संस्थागत गरेर अघि बढ्नुपर्छ । मिलेरै देश बनाउने हो । राज्यविरुद्ध दुष्प्रयास गरिएको छ । जलाएर केही हुने होइन । शुन्यतामा कसैले केही गर्न सक्दैन ।’
नेता सिंहले आगजनी र तोडफोड गर्नेमाथि प्रमाणसहित छानविन गरी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र