काठमाडौं । स्पेनिस राष्ट्रिय फुटबल टिम फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार स्पेन एक स्थान सुधार गर्दै शीर्षमा उक्लिएको हो ।
अर्जेन्टिना भने दुई स्थान घटुवामा पर्दै तेस्रोमा झरेको छ । कतारमा आयोजित विश्वकप च्याम्पियनसमेत रहेको अर्जेन्टिना करिब अढाई वर्षपछि शीर्ष स्थानबाट घटुवामा परेको हो । अर्जेन्टिना सन् २०२३ को अप्रिलयता शीर्ष स्थानमा आसीन थियो ।
वरीयताको दोस्रो स्थानमा फ्रान्स उक्लिएको छ । चौथो स्थानमा इंग्ल्याण्ड यथावत् छ । पाँचौँ स्थानमा पोर्चुगल उक्लिएको छ । ब्राजिल छैटौँ स्थानमा घटुवा भएको छ । नेदरल्याण्ड्स सातौँ, बेल्जियम आठौँ, क्रोएसिया नवौँ र इटाली १०औँ स्थानमा छन् ।







फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ
कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न
रसुवा भोर्ले बजारको पहिरो हटाइयो,
आरआर क्याम्पसको गेटमै विद्यार्थीले दाउरामा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा
नयाँ शैली र कलाकारसहित फेरि