झापा । पत्रकार, अधिकारकर्मी र स्थानीय संघसंस्थाको सहभागितामा अहिले केहीबेर अघि झापाको बिर्तामोडमा प्रभातफेरी सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाई रहेको प्रभातफेरीमा संविधानको रक्षा गर, सुशासन कायम होस् , प्रेस स्वतन्त्रता जिन्दावाद जस्ता नारा लगाइएको छ । संविधान दिवस २०८२ को उपलक्ष्यमा आयोजित प्रभातफेरीका सहभागीले बिर्तामोड बजारको परिक्रमा गरेका थिए ।
जेनजी युवा पुस्ताको आन्दोलन पछिको परिस्थितिका कारण औपचारिक कार्यक्रम नगर्ने पूर्वनिर्धारित योजना अनुरुप नै प्रभातफेरी गरिएको हो । यद्यपि, प्रभातफेरी पछि कोणसभा गरिएको छ । कोणसभामा मानवअधिकारकर्मी डा. रुपक खनाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष अम्बिका भण्डारी न्यौपाने, महासंघ झापा अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव राजु पाठकले बोलेका थिए ।
त्यसैगरी जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिले झापा सदरमुकाम भद्रपुरमा कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरिएको कार्यक्रममा सहिदको त्याग र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ को रक्षा गर्नु नेपालीको कर्तव्य भएको बताइयो । देश संविधान बिहीनताको अवस्थामा पुग्यो भने थप जटिलता उत्पन्न हुने र देश थप संकट तर्फ धकेल्ने भन्दै सहभागीले चिन्ता व्यक्त गरे ।
अहिलेको व्याप्त विसंगति र विकृतिको दोष संविधानको नभई, त्यसको मूल्य, मान्यता, मर्म र भावना अनुरुप कार्य गर्न असक्ने व्यक्तिहरूको भएको मत राखिएको कार्यक्रममा आमयुवाको चाहाना र अहिलेको आन्दोलनको भावना अनुसार १० वर्षमा देखिएका, अनुभूत गरिएका विषयलाई संबोधन गर्ने गरी संविधानमा संशोधन हुनु पर्ने औल्याइयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालय तथा अन्य संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालले बताउनुभयो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न