काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनले उठाएका जायज माग सम्बोधन गर्न तथा आन्दोलनका क्रममा भएका अमानवीय घटनाहरूको निष्पक्ष छानबिन गर्न चारवटा उच्चस्तरीय आयोग तत्काल गठन गर्न सरकारलाई माग गर्नुभएकाे छ ।
संविधान दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा महामन्त्री शर्माले यस्तो आग्रह गर्नुभएकाे हाे ।
शर्माले पहिलाेमा भदौ २३ गते भएको प्रदर्शनमा देखिएको अत्यधिक बलप्रयोगको न्यायिक छानबिन गर्नु पर्ने र दोस्रोमा उच्चस्तरीय आयोगले भदौ २४ गते घुसपैठ पश्चात् भएको तोडफोड र आगजनीको सम्पूर्ण अनुसन्धान गर्नु पर्ने बताउनु भएकाे छ।
यस्तै तेस्रोमा आयोगले भ्रष्टाचारसम्बन्धी विविध मुद्दाहरूको शक्तिशाली छानबिन गर्नु पर्ने र चौथोमा २०४६ सालदेखि उच्च पदमा पुगेका प्रत्येक व्यक्तिको सम्पत्तिको परीक्षण गर्ने जिम्मेवारी पाउने प्रस्ताव उहाँले राख्नुभएकाे छ ।
महामन्त्री शर्माले आफूले पनि सार्वजनिक रूपमा सम्पत्तिको छानबिन खुला गर्न तयार रहेको उल्लेख गर्दै सबै राजनीतिक नेतृत्व परीक्षणको लागि तयार हुन अपिल गर्नुभएकाे छ।
उहाँले भन्नुभएकाे छ, 'अहिलेसम्मको राजनीतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ, तर अपिल गर्छु - मेरो जग्गा, जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस्। राजनीतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ।'







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच