बर्दिया । जेज जी आन्दोलनका क्रममा बर्दियाको गुलरिया नगरपालिका नगर प्रमुखको कुर्सीमा बसेर 'अबदेखि म मेयर' भन्दै भिडियो बनाउने पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दिया अनुसार गुलरिया नगरपालिकाको कार्यालयमा नगर प्रमुखको कुर्सीमा बसेर भिडियो बनाउने गुलरिया नगरपालिका–६ का २६ वर्षिया इरफान मनिहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनिहार अटो चालक भएको बताइएको छ । मनिहारले गुलरिया नगरपालिकाको कार्यालयमा पसेर मेयरको कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
जेनजीको आन्दोलनमा एमाले, कांग्रेस पार्टी कार्यालय, नगरपालिका र नेपाली काग्रेसका सांसद सञ्जय गौतमको घरमा आगजनी र लुटपाट भएको थियो । हाल सम्म ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्र डमरपालले जानकारी दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच