नवलपरासी । नेपाली काङ्ग्रेस नवलपरासीले पार्टीको केन्द्रिय कार्यसमिति प्रति तिब्र असन्तुष्टि व्यक्त गरेको छ । पार्टीको जिल्ला कार्यसम्पादन समितिको निर्णयअनुसार केन्द्रिय नेतृत्व प्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपाली कांग्रेस नवलपरासी (पश्चिम) जिल्ला समितिका सचिव कुलदीप प्रसाद आचार्यले सार्वजनिक रूपमा नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै सो निर्णयलाई "अविवेकीय, असामयिक र अदूरदर्शी" बताएका छन् । आचार्यकाअनुसार सो निर्णयले देशभरका कांग्रेस कार्यकर्तामात्र होइन, लोकतन्त्रमा आस्था राख्ने आम जनमतसमेत निराश भएको छ ।
"उही व्यक्ति, उस्तै सोच, पुरानै कार्यशैली र 'म नै सबैथोक' भन्ने नियतबाट कांग्रेस फेरि कसरी उठ्छ, जुट्छ र संगठन विस्तार हुन्छ?" प्रश्न गर्दै आचार्यले भन्नूभयो ।
कठोर टिप्पणी : नेतृत्व सक्किने मार्गमा
सचिव आचार्यले पार्टीको उच्च नेतृत्वप्रति लक्षित गर्दै भनेका छन् “अब कांग्रेसका उच्च पदस्थहरू सच्चिने गतिमा होइन, सक्किने मतिमा लागे जस्तो देखिन्छ।” उहाँले थप आरोप लगाउँदै भने, केन्द्रको गलत निर्णय, अदूरदर्शी व्यवहार र तल्लो तहप्रति रहेको हेपाहा दृष्टिकोणले पार्टी दिनदिनै कमजोर बन्दै गएको छ। सचिव आचार्यले आफ्ना जिल्लामा घर जलेर विस्थापित भएका नेता/कार्यकर्ताहरूको पीडालाई समेत उल्लेख गर्नु भयो ।
जेन्जी आन्दोलनका नाउमा केन्द्रिय सदस्य बिनोद चौधरी, संविधान सभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशका मन्त्री देवकरण प्रसाद कलवार, लुम्बिनी प्रदेश सभा सदस्य विश्व प्रेम पाठक, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादव, सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, प्रतापपुर गाउपालिकाका उपाध्यक्ष मानकुमारी चौधरी र पाल्हीनन्दन गाउपालिकी उपाध्यक्ष सकिना फतिमा खातुनलगायतको काङ्ग्रेस भएकै कारण घर जलेर खरानी हुँदा पनि केन्द्र मौन बस्नु दुखद भएको उल्लेख गरेको छ ।
काङ्ग्रेस भएकै कारण र केन्द्रिय नेतृत्वकै कारण जिल्लाका नेताले पिडा भोग्दा समेत केन्द्रिय नेतृत्व केहि नबोलेको उल्लेख गर्दै जिल्लाले आक्रोश व्यक्त गरेको छ । “तपाईंहरू कुकर्ममै लागिरहनुहुन्छ, हामी तल्लो तहमा काम गरिरहने? निर्दोष भएर पनि मूल्य चुकाउँदै बस्नुपर्छ? यस्तो अवस्थामा कहिलेसम्म बस्न सकिन्छ?” - आचार्यको आक्रोश छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच