काठमाडौं । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुईजना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश साह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको एनआरएनएले जनाएको छ ।
केही समयअघि साह र केसीले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई सम्पर्क गरी उद्धारका लागि पहल गर्न आग्रह गरेपछि एनआरएनएले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो । एनआरएनएका अनुसार सन् २०२४ को जुलाईमा दुवैजना विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए ।
युक्रेनबाट मल्दोवा र भारतको नयाँदिल्ली हुँदै दुवैजना काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरूलार्ई स्वागत गर्न एनआरएनए सचिवालयबाट प्रमुख कार्यकारी अधिकृतलगायत पुगेका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर