काठमाडौं । मोटरसाइकल ब्राण्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । असोज ८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लैजान सकिने कम्पनीले जनाएको छ । ग्राहकलाई लक्षित गरी ल्याइएको उक्त योजनामा २२ भन्दा बढी भ्यालुएटर्सबाट आफ्नो पुरानो सवारी साधनको उच्चतम मूल्यांकन प्राप्त गर्न सकिनुका साथैै एडिसनल भ्यालुएसन १० हजारसम्मको आकर्षक नगद छुट, फ्री एक्सेसरिज र अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत् ५० हजारसम्म जित्ने अवसर पाउनेछन् । ‘चेतक एक्सपिरियन्स जोन’मार्फत् बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ । कम्पनीका अनुसार नागरिकताका आधारमै फाइनान्स गर्न सकिने भएकाले पहिलेझैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता कागजात आवश्यक पर्नेछैन ।
शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन-द-ट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । बजाजले यसअघि नै दशैँ-तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, ‘प्लेयर अफ द विक’ बन्ने ग्राहकलाई एक लाख नगदका साथै चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम