नेपालका सन्दर्भमा जसले जे भने पनि विश्वेश्वरप्रसाद कोइराला प्रजातन्त्र र समाजवादको पहिलो भाष्यकार नै हुनुहुन्छ । स्वतन्त्रताको अर्थ बुझाउने सामथ्र्य र राष्ट्रियताको चुरो प्रस्तुत गर्ने कला बीपीमा जति अरू कसैका विचारमा पनि पाइँदैन । समसामयिक बीपी विचारको शल्यक्रिया गर्दै प्राध्यापक कृष्ण खनालको कृति ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना चिन्तन र राजनीति’ प्रकाशित भएको पनि सायद दुई वर्ष भएका छन् । यद्यपि उहाँले आफ्नो नामका अगाडि प्राध्यापक लेख्नु भएको छैन, तर कीर्तिपुरको चिसो डाँडामा बसेर राजनीतिशास्त्रको तातो हावा निरन्तर बहाउने र स्नातकोत्तर कक्षामा हामी जस्ता हजारौंलाई पढाउनु भएका उहाँले नलेखे पनि प्राध्यापक हो । बीपी विचारमाथि अरूको भन्दा तुलनात्मक बढी प्रामाणिक र वस्तुपरक विश्लेषण गरिएको सम्भवतः यो पहिलो कृति हो ।
एकपटक साहित्यकार, विचारक र वरिष्ठ पत्रकार मदनमणि दीक्षितले समीक्षा साप्ताहिकमा लेख्नुभएको वाक्य मेरो स्मृतिमा ताजै छ । मिति स्मृतिमा रहेन । ‘बीपीले आफ्नो विचार र दर्शनबारे कुनै ठोस कृति दिनु भएन । माकर््स् वा नेहरूको जस्तो कृति दिनुभएको छैन ।’ उहाँको मूल्यांकनको आधार त भन्नुभएको थिएन तर बीपीले पछिल्लो पटक प्रकाशित जेल डायरीमार्फत सबै मानिसको यस्तो प्रश्नको उत्तर दिनुभएको रहेछ । जेल डायरीका संकलक पदमबहादुर थापा, उत्प्रेरित गर्ने प्रदीप गिरि, सम्पादन गर्ने शंकर तिवारी र प्रकाशन गर्ने सिखा बुक्स निश्चय पनि यस कार्यका लागि प्रशंसनीय छन् ।
खनालका सहकर्मीहरूको लामो पंक्ति छ २०४६ पछि अनेक पदहरूमा आसीन हुन पुगे । उहाँले पढाएका दर्जनौं विद्यार्थी राजदूत, सांसद, मन्त्रीदेखि आयुक्त, सरकारका सचिव वा यस्तै अनेक स्थानमा आसीन भएका छन् तर खनाल सरका लागि ती सबै पदहरू गौण छन् । अध्ययन र अध्यापनमा नै उहाँ मग्न । जसको परिणाम हो बीपी कोइराला बारेको यो बृहद् कृति ।
मूलतः चार सय एक्काईस पृष्ठको जेल डायरीमा केन्द्रित भएर नै करिब ६ सय पृष्टको बृहदाकार कृति विश्वेश्वरप्रसाद कोइराला चेतना, चिन्तन र राजनीतिको जन्मभएको देखिन्छ । सन्दर्भ सामग्रीका रूपमा अन्य करिब तीन सय व्यक्तिका विचारहरूलाई यसमा प्रसंगबस, पुष्टि गर्ने आधारका रूपमा समेटिएको छ । यो बृहदाकार कृति प्रकाशन गर्ने ओरिएन्टल पब्लिकेसन हाउस प्रा.लि. र यसका प्रमुख हरि गौतमजी बधाईका पात्र हुनुहुन्छ ।
कृष्ण खनाल विषयवस्तुको सूक्ष्म अध्येता, लोकतन्त्रर स्वतन्त्रताको बौद्धिक प्रवक्ता, करिब चार दशक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा राजनीति शास्त्रको प्राध्यापक, राजनीतिक घटनामाथि निरन्तर विचार प्रवाह गर्ने कुशल व्याख्याता । कीर्तिपुरको मच्छेगाउँको भित्तोमा बसेर निर्दलीय पञ्चायतकालमा सदा स्वतन्त्रता र प्रजातन्त्रका लागि विचार र कर्मको समानधारलाई अघि बढाउने सबैका खनाल सरको सम्भवतः सिंगो कृति यही नै हुनुपर्छ । फुटकर लेख, सेमिनार पेपरहरू त उहाँका अनगिन्ती होलान् ।
पदीय आकांक्षा नराख्ने र अध्ययन र अध्यापनमा नै रमाउने खनाल सरलाई कुनै समयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजनीतिक सल्लाहकार पदमा नियुक्त गर्नुभएको थियो तर सल्लाह कहिल्यै नलिने र दिनुनपर्ने त्यस पदमा सात महिना पनि बस्न रुचि राख्नुभएन उहाँले । कीर्तिपुर क्याम्पसका समकालीन मित्रहरूमध्ये नरहरि आचार्य मन्त्री हुनुभयो, कपिल श्रेष्ठ यतिखेर राजदूत हुनुभएको छ, केही अग्रज प्राडा.लोकराज बराल, प्राडा.विश्वम्भर प्याकुर्याल आदि धेरैजना राजदूत हुनुभयो र त्यसअघि सबैका गुरु प्रा.बिसी मल्ल पनि राजदूतदेखि त्रिविको उपकुलपतिसम्म हुनुभयो ।
खनालका सहकर्मीहरूको लामो पंक्ति छ २०४६ पछि अनेक पदहरूमा आसीन हुन पुगे । उहाँले पढाएका दर्जनौं विद्यार्थीहरू राजदूत, सांसद, मन्त्रीदेखि आयुक्त, सरकारका सचिव वा यस्तै अनेक स्थानमा आसीन भएका छन् तर खनाल सरका लागि ती सबै पदहरू गौण छन् । अध्ययन र अध्यापनमा नै उहाँ मग्न । जसको परिणाम हो बीपी कोइराला बारेको यो बृहद् कृति । बीपीलाई बुझ्न चाहनेहरूका लागि धैर्यपूर्वक यस कृतिको अध्ययन अनिवार्य हुन्छ । लोकतान्त्रिक आन्दोलनमा सक्रियहरू अध्ययन गर्दैनन् भन्ने कतिपय प्रश्नहरूको समेत यो कृति सचेत जवाफ भएको छ ।
मैले केही महिना पहिले अमेरिका यात्राका क्रममा बीपीको जेल डायरी र खनाल सरको यही कृतिलाई समय दिएको थिएँ तर टिपोट भएको थिएन । भाद्रको पहिलो हप्ता मेरा लागि नेपाली राजनीतिका अनेक अन्तरकुन्तर बुझ्ने सामग्री यिनै दुई कृति भए । बीपीका विषयमा प्रशस्त लेख र केही त सिंगो पुस्तक नै प्रकाशित छन् । करिब चारदशक पहिले नेपालीमा बीपीको जीवनी विद्वान् व्यक्तित्व लोकतान्त्रिक आन्दोलनका अथक अभियन्ता रामचन्द्र पोख्रेलले लेख्नुभएको मैले पढेको थिएँ ।
सम्भवतः बीपी कोइरालाबारे निर्दलीय पञ्चायतकाल २०४० तिर नै लेखिएको त्यो जीवनीपरक कृति पहिलो नै हो । साहित्यमा प्राडा.हरि पराजुलीले बीपीको कथाकारितामाथि अनुसन्धान गर्नुभएको थियो निर्दलीय पञ्चायतकालमा नै । जुनबेला बीपीको नाम लिनसमेत डर मान्नुपर्ने अवस्था थियो । त्यस अनुसन्धानलाई विश्वेश्वरप्रसाद कोइरालाका कथा र कथाकारिताको विश्लेषण र मूल्यांकन नाम दिएर प्रकाशनमा ल्याइएको छ । यससँगै उहाँले बीपीका दुर्लभ रचनासमेत प्रस्तुत गर्नुभएको छ ।
बीपी कोइरालाका रचनाहरू, विचार र दृष्टिकोणहरूलाई लिएर बीपी विचार राष्ट्रिय समाजले निरन्तर फरक विद्वानहरूका आलेखहरू समावेश गरी प्रकाशन गरिरहेको पनि निकै वर्ष भयो । यससँगै जननायक बीपी कोइराला स्मृति ट्रष्टले पनि बीपी शतवार्षिकी समारोहमा फरक विधाहरूमा विशेषांक प्रकाशित गराएको थियो । ट्रष्टले बीपी विचारलाई आमनागरिक समक्ष पुर्याउने प्रयास गरिरहेको छ । प्रजातान्त्रिक विचार समाजले पनि बीपी विचार साहित्यमा योगदान दिइरहेको छ । बीपी विचारको ध्येय नागरिकहरूको स्वतन्त्रता, राष्ट्रको स्वतन्त्र सार्वभौम अस्तित्व र न्यायपूर्ण समतामूलक समाजको निर्माण नै हो ।
बीपीको साहित्यका विषयमा शोध अनुसन्धान गर्नेहरू एक दर्जनभन्दा बढी छन् तर राजनीतिक विचार र मान्यतामाथि अनुसन्धान गर्नेहरू कमै छन् । जननायक बीपी कोइराला ट्रष्टले दिएको जानकारी अनुसार : विष्णुकुमारी शर्मा, हरिप्रसाद पराजुली, भूपति ढकाल, कृष्णप्रसाद दाहाल, ज्ञानु पाण्डे, नारायण चालिसे, श्यामप्रसाद भट्टराई, वीरेन्द्र पुडासैनी, रेणुका थापा, सूर्यप्रसाद संग्रौला, विष्णु न्यौपाने र रत्नमणि नेपालले साहित्यिक विधामा अनुसन्धान गर्नुभएको छ तर राजनीतिक रूपमा भने देवचन्द्र मिश्र र राधा शाहले मात्रै अनुसन्धान पूरा गर्नुभएको छ ।
नेपाली कांग्रेसको परराष्ट्रनीतिको शोधगर्ने क्रममा यज्ञप्रसाद अधिकारीले बीपीको नीतिगत विचारलाई पर्याप्त स्थान दिनुभएको छ । नेपाली कांग्रेसको इतिहास लेख्दा डा.सूर्यमणि अधिकारीले ऐतिहासिक अभिलेखलाई प्रस्तुत गर्ने क्रममा बीपी विचारको समेत उल्लेख रहेको छ ।
पुरुषोत्तम बस्नेतले संकलन गर्नुभएको नेपाली कांग्रेसको दस्तावेज, प्रदीप गिरिले संकलन गर्नुभएको बीपीका विचारहरूले बीपीका दृष्टिकोणहरूलाई फरक कोणबाट बुझ्न सहज हुन्छ । जनमत संग्रह २०३६/०३७ को वरिपरि बीपीको विचार र मन्तव्यलाई होमनाथ दाहाल सम्पादक प्रकाशक भएको राष्ट्रपुकार साप्ताहिक, किशोर नेपाल सम्पादक भएर माधव आचार्यले चलाउनुभएको जनआकांक्षा साप्ताहिकले निकै महत्वका साथ प्रकाशन गरेका थिए ।
त्यसअघि वनारसबाट प्रकाशित तरुण पत्रिकाले पनि बीपीको रणनीतिक विचारलाई प्रकाशन गरेको थियो । प्रतिध्वनिमा त साहित्यिक अन्तर्वार्ता बेजोड थियो । विदेशी पत्रकार, लेखक र साहित्यकारहरूसँगका सम्वादको सूची निकै लामो छ । बीपी कोइराला २००७ को परिवर्तनसँगै समग्र देशको ध्यान आफूतर्फ आकर्षित गर्न र आफूलाई विवादको केन्द्रमा स्थापित गर्न सफल हुनुभएको नेता हो । आत्म वृत्तान्त, आफ्नो कथा, जेल जर्नल, फेरि सुन्दरीजलमा, जेल डायरीमा बीपीका विचार सांगोपांगो पढ्न पाइन्छ । राष्ट्र राष्ट्रियता र राजामा पनि बीपी निकै खुल्नुभएको छ । भारतका प्रख्यात पत्रकार भोला चटर्जीसागको अन्तर्वार्तादेखि बीपीले अन्तर्राष्ट्रिय समाजवादी सम्मेलन, इजरायल भ्रमण र संयुक्त राष्ट्र संघमा दिनुभएको मन्तव्यले विचारलाई तदनुकूल धारिलो बनाएको छ ।
समकालीन राजनीतिकर्मी, नेताहरू र साहित्यकारहरूले बीपी विचारलाई भिन्न कोणबाट पर्याप्त विमर्श गरेका छन् । तैपनि गहिराइमा पुगेर खोतल्ने काम प्रा.खनालले गर्नुभएको छ । बीपी विचारलाई राष्ट्रवादका अनुदारवादी प्रवक्ताहरू, माक्र्सवादका अनुदारवादी, जडसूत्रवादी भाष्यकारहरू र धार्मिक सांस्कृतिक रूपले संकीर्णतावादीहरूले तीव्र आलोचना गरेका छन् । ती आलोचनाहरूलाई यथार्थताको कसीमा परीक्षण गर्न पनि खनालको यो कृति सहयोगी हुन्छ भन्नेमा द्विविधा रहँदैन ।
मैले बीपीसँग अत्यन्त संक्षिप्त समय ०३५ देखि ०३८ सम्ममात्रै भेट र कतिपय सन्दर्भमा सँगै यात्राको अवसर पाएको थिएँ । त्यस सन्दर्भलाई मेरो आफ्नै कृति ‘मेरो पत्रकारिता’ मा केहीचर्चा गरेको छु । सिद्धान्तको कसीमा मात्रै होइन व्यवहारको कसीमा समेत बीपीलाई बुझ्न त्यसले सहयोग पु¥याउँछ भन्ने मेरो विश्वास छ । समकालीन राजनीतिकर्मीहरू नेताहरू र साहित्यकारहरूले बीपी विचारलाई भिन्न कोणबाट पर्याप्त विमर्श गरेका छन् । तैपनि गहिराइमा पुगेर खोतल्ने काम प्रा.खनालले गर्नुभएको छ । बीपी विचारलाई राष्ट्रवादका अनुदारवादी प्रवक्ताहरू, माक्र्सवादका अनुदारवादी, जडसूत्रवादी भाष्यकारहरू र धार्मिक सांस्कृतिक रूपले संकीर्णतावादीहरूले तीव्र आलोचना गरेका छन् । ती आलोचनाहरूलाई यथार्थताको कसीमा परीक्षण गर्न पनि खनालको यो कृति सहयोगी हुन्छ भन्नेमा द्विविधा रहँदैन ।
प्रा.खनालको यस कृतिभित्र मूल सामग्री ५९१ पृष्ठमा छ भने अरू थप पृष्ट जोड्दा ६०९ पृष्ठको रहेको छ । कृतिमा प्राडा.गोविन्दराज भट्टराईको संक्षिप्त भूमिका र स्वयं लेखको विचार समाविष्ट छ । सामग्रीलाई एघारवटा मूल शीर्षकमा विभाजित गरेको हुनाले अध्ययनका लागि सहज भएको छ । आफ्नो मन्तव्यक्रममा लेखक खनालले बीपीलाई उद्धरण गर्दै लेख्नु भएको छ ः जेलमा हाम्रो जीवनमा के नयाँ कुरा आउँछन् र ? उही कुराको एकरसता तर मनमा भने नाना किसमका कुरा आउँछन् । मनको जगतमा घटनाको अटुट सिलसिला जारी रहन्छ । त्यसमा एकरसता छैन । त्यसैले पनि लिपिबद्ध गरे कालान्तरमा पढ्दा रमाइलो नै लाग्नेछ । आजको दुष्चिन्ता भोलिको रमाइलो लाग्नेछ ।–(जेलजर्नल पृष्ठ ४६.४७) ।
जेलमा मात्रै होइन घरको व्यस्त समयबाट फुर्सद भएका बेला केही विचार लिपिबद्ध गर्ने हो भने रोचक, स्वादिला र विचारपूर्ण इतिहासका सामग्री हुन्छन् । बीपी कोइराला त आठ वर्ष अनवरत जेल, आठ वर्ष निर्वासन र त्यसअघि पनि अनेक कष्ट र यातनाको अग्निपरीक्षाबाट चम्किएको स्फटिक जस्तो हुनुभएको हुनाले उहाँको रसविहीन लेखन पनि स्वादपूर्ण हितकारी हुने नै भए ।
मलाई भूमिकाका लेखनमा डा.भट्टराईको टिप्पणी बडो रोचक र गम्भीर लाग्यो । यस कृतिबारे डा.भट्टराई लेख्नुहुन्छ : यो त एक श्रेष्ठ कति (म्याग्नम् अप्स्)को पाण्डुलिपि बनिएको रहेछ । सम्पूर्ण बीपी कोइरालाकेन्द्री, उहाँकै जीवन र कर्मको विश्लेषण र व्याख्यामा समर्पित, प्रत्येक खण्ड गम्भीर अध्ययन र समिचीन विश्लषणले युक्त ।.....बीपी साहित्यमा ज्यादा बल गरेर उनलाई बुझाउन खोज्ने मलाई लाग्यो प्रस्तुत ग्रन्थको अध्ययन बेगरको अरू अध्ययन आंशिक हुने रहेछ । (पृष्ठ झ र ञ ) । यो कृति विशुद्ध सैद्धान्तिक पक्षसँग सम्बन्धित छ । अहिले मानिसहरू विचार र सिद्धान्तसँग व्यवहार पनि बुझ्न र जान्न चाहन्छन् । बीपी कोइरालाको विचारसँगै, उहाँको चिन्तन र सिद्धान्तकासँगै, उहाँका भोगाइ र अनुभवसँगै उहाँका केही प्रभावशाली व्यवहारको पनि अध्ययन अनुसन्धान हुनुपर्छ भन्ने मेरो धारणा छ ।






नागरिकको पीडामाथि तुच्छ टिप्पणी गर्ने
जलवायु न्यायका लागि सत्ता र
पूर्वसभापति देउवा सहभागी बीपी विचार
नेपाल कानुन आयोग (पहिलो संशोधन)
जेन–जी आन्दोलनका दोषीलाई कारबाही गर्न
आगजनीबाट ध्वस्त बालकोटस्थित घरको अवलोकन