भक्तपुर । नेपालकै अधिक सदस्य रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको ३१औँ साधारणसभा सम्पन्न भएको छ । १७ हजार आठ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले तीन ठाउँमा एकै दिन एकै समयमा शनिबार क्षेत्रगत रूपमा साधारणसभा गरेको हो ।
संस्थाको ३१औँ साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को स्रोत तथा उपयोगतर्फ तीन अर्ब २६ करोड ३१ लाख ४३ हजार एक सय नौ रुपैयाँ र आय तथा व्ययतर्फ २५ करोड ४० लाख ९७ हजार आठ सय ५५ रुपैयाँको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्रोत तथा उपयोगतर्फ तीन अर्व ३६ करोड र आय तथा व्ययतर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित भएको छ । साथै सञ्चालक समितितर्फबाट सचिव विष्णुप्रसाद दुमरुद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित भएको छ । सभाले लेखा सुपरीवेक्षण समितितर्फबाट संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१/८२ को सेयर पुँजीमा छ प्रतिशत करकट्टीसहितका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार छ सय सदस्य पुगेको बताउनुभयो भने कोषाध्यक्ष जयराम गोर्खालीले बदलिँदो परिस्थिति र लगानीमा भएको कमीले सात करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँमात्र नाफा आर्जन भएको जानकारी दिनुभयो । संस्थाको सेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ, बचत तथा निक्षेप दुई अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार छ सय १३, सहकारी प्रवद्र्धन कोष एक लाख ६४ हजार, अन्य कोषहरू दुई करोड ४५ लाख, सदस्य ऋण लगानी एक अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल तीन अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको संस्थाले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच