दलीय राजनीतिक प्रतिस्पर्धामा जीवन व्यतीत गरेका व्यक्तिका लागि सत्ता सधैं पहिलो प्राथमिकताको विषय हो तर समान्य पेशा–व्यवसायमा आफ्नो जीवन गुजारिरहेका व्यक्तिको हकमा भने सत्ता दोस्रो प्राथमिकताको विषय हो । अझ जिम्मेवारी महसुस गर्नेको हकमा भने त अझ परको विषय हो । नेपाल जस्तो सदासर्वदा अस्थिरताको भूमरीमा रहेको मुलुकको हकमा कार्यकारिणीमा पुग्नु ठूलो विषय होइन । यसभन्दा पनि महत्वपूर्ण विषय भनेको आन्दोलनको विश्वासले आफूले पाएको काम कसरी फत्ते गर्ने भन्ने मुख्य जिम्मेवारी वा पहिलो प्राथमिकताको विषय रहन्छ । हालको नेपालको हकमा कार्यकारिणीमा पुग्नुभएकी सुशीला कार्कीको हकमा पनि यो कुरा लगभग लागू भएको देखिन्छ । यद्यपि उनको पारिवारिक पृष्ठभूमि नेपाली राजनीतिबाट टाढाको विषय भने होइन ।
लामो वकालतबाट मुलुकको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन सफल हुनुभएको महिलाको काँधमा फेरि आजको विषम परिवेशमा कार्यकारिणीको जिम्मेवारी आएको छ । यसमा चुनौतीको साथमा अवसर पनि आएका छन् । वितग ३५ वर्षदेखि नेपाली समाजमा जरा गाडेर बसेको राजनीतिक दलहरूको विधि व्यवहार र कार्यशैलीबाट थाकेका आमसर्वसाधारणमा थोरैमात्र आशाको सञ्चार गराउन सकेकोखण्डमा धेरै स्यावासीको साथमा सम्मान पाइने सम्भावना प्रशस्त रहेको छ । यसै नेपाली समाजको आधा आकाश ढाक्ने महिलाको प्रतिनिधित्व गर्दै पहिलो प्रधानन्यायाधीशको रूपमा आफूलाई अब्बल सावित गराइसक्नुभएकी कार्कीका लागि यो कार्यकाल अर्को रेकर्ड ब्रेकको अवस्था हो । अन्तरिम सरकारका लागि समयमात्र ६ महिनाको तोकिउको छ तर पनि यो छोटो समयमा यदि सफा मन र पवित्र सोचले काम गर्ने हो भने धेरै कामले बाटो लिने आँकलन गर्न सकिन्छ ।
सुशासन सर्वसाधारणले महसुस गर्ने विषय हो । यसका आफ्नै मौलिक चरित्र र विशेषता छन् । सार्वजनिक पद वा अधिकारमा बाहाल व्यक्तिले जबसम्म सुशासनलाई आफ्नो मूलधर्म मान्दैन, तबसम्म सर्वसाधारणले सहज महसुस गर्न सक्दैनन् तर व्यवहारमा कहिल्यै लागू भएन न लागू गर्ने प्रयत्न नै गरेको पाइयो ।
पञ्चायती व्यवस्था अन्त्यपछि सुरुका केही वर्षमा राजनीतिक रूपमा मात्र नभएर मुलुकले आर्थिक, व्यावसायिक, नीतिगत पक्षमा १८० डिग्रीमा परिवर्तनको साथमा केही रोलमोडल काम गर्न सुरु भएको थियो । कतिपय राम्रा पक्ष आज पनि बजारमा भेटिन्छन् । ती प्रयास एकाएक माओवादीको सशस्त्र आन्दोलनसँगै कमजोर भए । एकातिरको डरलाग्दो सुरक्षा चुनौती र साथमा मुलुकमा विद्यमान चरम गरिबी र पछौटेपनका कारण पहिलेका सरकारहरूले आशानुरूप काम गर्न सकेनन् । दलहरूमा आन्तरिक तथा बाह्य द्वन्द्व यथावत् रहेकै थियो । यी तीन विषय एकसाथ लिएर हिँड्नुपर्ने बाध्यताले दलहरूको कार्यक्षमता सधैं परीक्षणको रूपमा मात्र हेरिन थालियो । अब कसै गरेर पनि माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउनुपर्छ भन्ने भावले जीवनको अन्तिम क्षणमा पनि तत्कालीन सम्माननीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेतृत्वको राम्रो नमुना प्रस्तुत गर्नुभएको थियो । गणतन्त्रपछि मुलुक विधि पद्धति र कानुनी तरिकाले बाटो लिने भन्ने कुरामा लगभग विश्वस्त थियौं तर यो विश्वासमा तुवाँलो लाग्यो जब माओवादी स्वयं आफ्नो नैतिकता र दर्शनबाट स्खलित हुन गयो ।
किनभने माओवादीको संसद् प्रवेशले अन्य दलमा सदबुद्धि पलाउला भन्ने आशा निराशामा परिणत हुनगयो । माओवादी संसदीय प्रणालीमा आएपछि आफूभन्दा अघि आएकालाई जितेर अनियमितता र कमिसनमा लिप्त हुँदै जानथाल्यो । मुलुक एकातिर अन्तरिम संविधानमा चलिरहेको गणतान्त्रिक संविधानको निर्माण पहिलो प्राथमिकतामा प¥यो । स्थिरता र विकास भन्ने विषय दोस्रो प्राथमिकतामा पर्दै गयो । यसले आममानिसका दैनिकी र रोजगारीका लागि विदेशिनु वा मुग्लानमा सस्तो श्रम वा जे बिक्री हुन्छ सोही बेच्नुभन्दा अर्को विकल्प देखिएन । सुशासन सर्वसाधारणले महसुस गर्ने विषय हो । यसका आफ्नै मौलिक चरित्र र विशेषता छन् । सार्वजनिक पद वा अधिकारमा बाहाल व्यक्तिले जबसम्म सुशासनलाई आफ्नो मूलधर्म मान्दैन, तबसम्म सर्वसाधारणले सहज महसुस गर्न सक्दैनन् तर व्यवहारमा कहिल्यै लागू भएन न लागू गर्ने प्रयत्न नै गरेको पाइयो । सार्वजनिक सेवाका सबै पक्षहरूमा विधिअनुरूप पारदर्शिता र समावेशिताका साथ प्राथमिकतामा परेको विषयमा कानुनसम्मत हिसाबमा समयमा काम गरेमा स्वाभाविक रूपमा आममानिसले यसलाई महसुस गर्न थाल्ने छन् तर नेपालको हकमा राजनीतिक, व्यावसायिक र संगठनात्मक लगायत विविध कार्टेलिङ, सिन्डिकेटको आडमा सुशासन फलामको घोडा जस्तो हुनगयो ।
यो दौडन सक्नेभयो न यो उफ्रन सक्नेभयो तर हेर्दा भने चटक्क परेको इस्पातको चम्किलो देखिने श्री ३ राणाजीहरूको सवारी हुनेजस्तो देखियो । यसरी सुशासनलाई भ्रष्टाचार अनियमितता र चरम दोहनको औजारको रूपमा प्रयोग गरियो । यसले सर्वसाधारणमा दल र तिनको नेतृत्वप्रति विष बमन गर्न सुरु गरिसकेका थिए । लामो प्रजातान्त्रिक विधिमा सुधार र आफू सुध्रिनुको साटो नराम्रा पक्ष दिनानुदिन संस्थागत हुँदैगएको अवस्था थियो । दलको सदस्य वा सक्रिय राजनीतिमा संलग्न नभएको व्यक्तिको हकमा अनावश्यक अफ्ठ्याराको सामना गर्नुपर्ने दिनको सुरु भइसकेका थिए । नीतिगत निर्णय एवं व्यवस्थापनमा चुस्तता चाहिएको छ । विकासको बाटोमा भर्खरैमात्र पाइला चालिरहेको मुलुक भएको नाताले नेपालमा सानाठूला सबै किसिमका नीतिगत निर्णय तथा तिनको कार्यान्वयनको समयमा अनियमितताको सम्भावना सधैं रहने गरेको छ र थियो । सतही रूपमा समान्य देखिए तापनि यस किसिमका कामले कालान्तरमा ठूलो असर गर्ने गर्दछ । अर्बौं/खर्बाैं रकमका ठेक्कालगायत आयात–निर्यातका विषयमा सानोमात्र गल्ती हुनगएमा राज्यले धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ तर व्यक्ति, समूह सधैं फाइदामा रहने गर्दछ ।
सुशासन र भ्रष्टाचारविरोधी शालीन आन्दोलनलाई मानवीय एवं भौतिक रूपमा विनाशकारी बनाउन कत्ति समय लागेन । वर्षौंको मिहिनेतबाट तयार भएका भौतिक सम्पत्तिहरू दुई-चार घण्टाको आबेगमा खरानी भए । यो लेख तयार पारुन्जेलसम्ममा ७४ जना नेपाली शाहदत भइसकेका छन् ।
समयमा काम नहुने वा गर्न नसक्ने, परियोजनाको निरन्तरता भइरहने तर कानुनी रूपमा उक्त व्यवसायीले सजाय नपाउनुमा राजनीतिक छहारीले काम गरेको विगतमा अब सुधारको अपेक्षा छ । एकातिर परियोजनाको खर्च अचाक्ली बढेर जाने तर प्रतिफल कम हुनेगरेको छ । अबका दिनमा यस्ता काममा कमी हुने आशा छ । जनमानसको यो सेन्टिमेन्टलाई समातेर आन्दोलनको ज्वाला यो वा कुनै अर्को समूहले उठान गर्ने नै थियो । यसलाई जेनजीहरूको शान्तिपूर्ण आन्दोलनको समूहमा सहज योजनाबद्ध किसिमले प्रवेश गराइयो । सुशासन र भ्रष्टाचारविरोधी शालीन आन्दोलनलाई मानवीय एवं भौतिक रूपमा विनाशकारी बनाउन कत्ति समय लागेन । वर्षौंको मिहिनेतबाट तयार भएका भौतिक सम्पत्तिहरू दुई–चार घण्टाको आबेगमा खरानी भए । यो लेख तयार पारुन्जेलसम्ममा ७४ जना नेपाली शाहदत भइसकेका छन् । भौतिक सम्पत्तिको जोहो समय क्रममा गर्न सकिएला तर काख गुमाएका आमाहरूको वेदना, सदस्य गुमाएका परिवारको असह्य पीडा र समयभन्दा धेरै अघि ज्यान गुमाएका स्वयं ती भाइबहिनीहरूको क्षतिपूर्ति कुनै मूल्यमा कदापि गर्न सकिँदैन ।
६ महिनाका लागि गठन भएको सम्माननीय सुशीला कार्कीको क्याबिनेटको पहिलो दायित्व फागुन २१ मा निर्वाचन गराउने हो तर निर्वाचन कसरी, कुन पद्धतिमा, यसका साझेदार को-को हुने, शासकीय प्रणाली यही रहने वा धेरथोर परिवर्तन गरिने हो भन्ने बारेमा हाल सबैमा अन्यौल छ तर पनि सरकार सर्वसाधारणको हकमा सदैव अभिभावकको रूपमा रहने भएकाले विगतका सरकारले निरन्तर गरेका अक्षम्य गल्ती, कमजोरीको सुधारमा पहिलो पाइला चाल्न सक्नुपर्ने हुन्छ । छोटोे समयमा पनि सुशासन यस्तो हुन्छ भन्ने विषयको जानकारी हुनेगरी काम गर्न सक्नुपर्छ । गरिब जनताले तिरेको करबाट सञ्चालित सार्वजनिक सेवालगायत बाँकी रहेका निर्वाचित प्रतिनिधिको तौरतरिकमा बोल्ड किसिमको सुधारको अपेक्षा गरिएको छ ।
सुशाननको साथमा आर्थिक विकास, लगानी, रोजगारी सिर्जना र अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपालीहरूको मान, प्रतिष्ठा र इज्जत बढाउने काममा अबको सरकारले आफूलाई तयारमात्र पारेर हुँदैन कार्यान्वयनमा लैजान सक्ने हुनुपर्दछ । अनावश्यक खर्च कटौतीको सुरुवातले जसरी राम्रो सन्देश दिएको छ त्यसरी नै यसको निरन्तरता र स्वच्छ छविको साथमा सुम्पिएको काम समयमै फत्ते गर्न सके यससँग जोडिएर आउने अन्य विषयले असिमित राम्रा अवसरको सिर्जनामा कुनै कसर राख्दैन । सरकार निकै चनाखो र दृढ विश्वासका साथमा अघि बढ्ने साहस र सामथ्र्य भएको हुनुपर्नेछ । यसो हुनसके जेनजीहरूको सपना र बाँकी सबै सर्वसाधारणको इच्छा चाहनाले मस्र्त रूप लिन धेरै समय लाग्ने थिएन । दलीय प्रणालीमा मुलुक लामो समयसम्म चलेकाले राजनीतिक शक्ति कुनै न कुनै रूपमा दलहरू नै हुन् भन्ने कुरालाई अन्तरिम सरकारले चटक्क बिर्सनु भने हुँदैन ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न