काठमाडौं । आजबाट हिन्दू नेपालीहरुको महान चाड बडा दसैं सुरु भएको छ । बडादसैंको पहिलो दिन आज घर(घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिँदै छ । घर(घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न नामले पुकारेर पूजा आराधना गरिन्छ ।
घटस्थापनाका दिन जमरा राखिने भएकाले यो दिनलाई कतिपयले जमारे औँसी पनि भन्ने गरेका छन् । आजैका दिनबाट नवरात्रि प्रारम्भ भएको छ । आजदेखि विजया दशमीको अघिल्लो दिनसम्मलाई नवरात्रि भन्ने गरिन्छ ।
योसँगै वडा दसैं महानउनका लागि गाउँ फर्कने दर पनि बढेको छ । विभिन्न शिलशिलामा घरभन्दा बाहिर रहेकाहरु दसैंको अवसरमा घर फर्कने गर्दछन् । यसै क्रममा काठमाडौंबाट घर फर्कने केही यात्रुहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी















सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’
‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक